.
समाचार,
६ जना युवाको समूहद्वारा बालिकामाथि सामूहिक बलात्कार I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 21 March 2012
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ६ जना युवाको समूहले तुलसीपुरको नयाँ बसपार्कमा १३ वर्षकी बालिकामाथि जबर्जस्ती बलात्कार गरेका हुन । घरमा आमासँग झगडा परेर निस्किएकी ती बालिकालाई युवाहरूले बसपार्कमा रोकिराखेको ना.२.ख ५५९१ बस भित्र लगेर बलात्कार गरेका हुन्।
इप्रका तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बलात्कारमा संलग्न युवालाई राति नै पक्राउ गरेको प्रहरीनिरीक्षक मदन थापाले जानकारी दिए । पक्राउ पर्नेमा सल्यान शंखमूल-७ का सुवास वली, सल्यान छायाक्षेत्र-९ का विकास पुन, रविन नेपाली, खलंगा-५ अम्मर श्रेष्ठ, छायाक्षेत्र-७ का मोहन विक छन् । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको छ । घटनामा संलग्न भई फरार रहेका टाइगर भनिने व्यक्तिको खोजी भइरहेको प्रहरीनिरीक्षक थापाले जानकारी दिए । बलात्कृत बालिकालाई उपचारपछि घर पठाइएको उनले बताए ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




