.
Feature समाचार,
प्रचण्ड पुत्रले अब सरकारी रकम नलिने,झलनाथ लाई गाह्रो सारो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 18 March 2012
५ चैत्र : राष्ट्रमा चौतर्फी बिरोघ भए पछी माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशले सगरमाथा चढ्न सरकारी रकम नलिने घोषणा गरेका छन् । सगरमाथा यात्राका विषयमा आईरहेका टिका टिप्पणीहरुको कारण सरकारी रकम नलिने निर्णयमा पुगेको बुझिएको छ ।
प्रकाशले आफूले सरकारी रकम नलिने घोषणा गर्नका लागि दिउँसो दुई बजे पत्रकार सम्मेलन गर्ने उनी निकट स्रोतले जनाएको छ । प्रकाशले आफ्नो कारण देखाउँदै माओवादी अध्यक्ष प्रचण्डलाई आलोचना गर्ने काम भएको बताएका छन । पार्टी केन्द्रीय सदस्य कृष्ण केसीको नेतृत्वमा सगरमाथा चढ्ने टोलीलार्ई सरकारले दुई करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेपछि यसको चौतर्फी आलोचना भएको थियो ।
दाहाल पुत्र प्रकाशले आफुलाई चौतर्फी बिरोघ भए पछी एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएका बेलामा एमाले निकटका कर्मचारी नेतालाई सगरमाथा चढ्नका लागि दिएको करोडौं रकम फिर्ताका लागि पहल गर्न आन्दोलन गर्ने युवा विद्यार्थी संगठनलाई आग्रह गरेका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




