.
समाचार,
भीरमा अल्झिएको शव चार घण्टा पछी निकालियो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 17 March 2012
४ चैत, मकवानपुर । मकवानपुरको भीमफेदी ८ चिसापानी गढीमा आज मोटरसाईकल दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना गम्भिर घाइते भएका छन ।
काठमाण्डौबाट हेटौँडा तर्फ आउदैँ गरेको ना १८ प २४०५ नम्बरको मोटरसाईकल सडकबाट ६ सय मिटर खस्दा बारा फेटा गाबिस ८ बस्ने सोनालाल शाह कलवालको घटना स्थलमै मृत्यु भएको हो ।
मोटरसाईकलमा सवार जकिर हुसेन गम्भिर धाइते भएका छन । घाईते जकिर हुसेनको हेटौँडा अस्पतालमा उपचार भईरहेको छ ।
मृत्यु भएका कलवालको शव भीरमा अड्कीएले झण्डै ४ घण्डाको प्रयासपछी निकालीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




