.

,

बैद्य पक्षद्धारा साना दलहरुसँग मिलेर आन्दोलनको घोषणा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
१० चैत: एकीकृत नेकपा माओवादीको बैद्य पक्षले साना दलहरुसँग मिलेर आन्दोलनको घोषणा गरेको छ ।
माओवादी उपाध्यक्ष मोहन बैद्य किरण पक्ष र साना ११ दलद्धारा गठित राष्ट्रिय जनआन्दोलन समिति नेपालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी जनसंविधानका लागि भन्दै आन्दोलनको घोषणा गरेको छ ।
जसमा चैत महिनाभित्र २ सय ४० बटै निर्वाचन क्षेत्रमा हस्ताक्षर संकलन गर्ने, सबै संविधानसभा सदस्यलाई जनताको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका पक्षमा उत्रिन अपिल गर्ने लगायतका कार्यक्रम छन् । यस्तै असमान सन्धी सम्झौता जलाउने, राष्ट्रिय प्रतिरोध दिवस मनाउने महंगी, भ्रष्टाचार, कालाबजारी लगायतविरुद्ध मसाल जुलस प्रर्दशन लगायतका कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।

माओवादी सचिव सीपी गजुरेल संयोजक रहेको राष्ट्रिय जनआन्दोलन समितिमा मातृका यादव नेतृत्वको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी लगायतका दल सम्वद्ध छन् ।

प्रधानमन्त्री र साना ७ दलवीच छलफल
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने साना सात राजनीतिक दलसँग शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार गठनकाबारे शुक्रबार छलफल गर्नूभएको छ ।
सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री भट्टराईले राष्ट्रिय सहमतिय सरकार गठनमा सफलता नमिले वर्तमान सरकारलाईनै पुर्नगठन गरेर भएपनि राष्ट्रिय सरकारको स्वरुप दिने प्रतिवद्धता जनाउनुभयो ।
बैठकमा नेपाल परिवार दल, नेपा राष्ट्रिय पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी, चुरेभावर राष्ट्रिय एकता पार्टी, जनमुक्ति पार्टी र समाजवादी प्रजातान्त्रिक जनता पार्टीका प्रतिनिधिहरुले सहभागिता जनाउनु भएको थियो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर