.

,

बेलायतमा पहिलो पटक नारी दिवस सम्पन्न, महिलामाथिको विभेद अन्त्य गर्नुपर्नेमा जोड I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE



धर्मराज अधिकारी

लण्डन । गैर आवासीय नेपाली संघ एन आर एन युकेले ुकनेक्टिङ गल्स्र इन्स्पायरीङ फ्युचरु भन्ने नाराका साथ १०२ औ महिला दिवस भव्य रुपमा सम्पन्न गरेको छ । मदस्र डे का दिन आईतबार प्लस्टिडस्थित सेण्ट प्याटि्रक हलमा सम्पन्न महिला दिवस कार्यक्रममा करीब दुईसय भन्दा बढि सहभागि भएका थिए । एन आर एन युकेकी सदस्य एवं महिला विभाग प्रमुख संगिता मरहठ्ठाको संयोजकत्वमा भएको सो कार्यक्रममा नेपाली दुतावास लण्डनकी उप नियोग प्रमुख अम्बिका मानन्धर लुईंटेल एन आर एन युकेका अध्यक्ष कुल आचार्य युरोप कोअर्डिनेटर लक्ष्य गुरुङ पुर्व अध्यक्ष सुर्य गुरुङ समाजसेवी डा। राघव धिताल श्रीमती डा। जनक धिताल समाजसेवी नन्द कुमारी गुरुङ देवी आले एन आर एन युकेका पदाधिकारीहरु सल्लाहकारहरु लगायत व्यवसायी तथा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

एन आर एन युकेका अध्यक्ष कुल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै उपनियोग प्रमुख लुईंटेलले नेपाली महिलाहरु सामाजिक आर्थिक एवं मानसिक रुपमा पछाडी परेको बताइन । नेपालका दुर्गम भेगमा रहेका महिलाहरुको अवस्था दयनीय रहेको स्पष्ट पार्दै उनले महिलामाथि पुरुषहरुको थिचोमिचो विकराल रहेको समेत जानकारी दिइन ।



कार्यक्रम संयोजक संगिता मरहट्ठाले एन आर एनको इतिहासमा पहिलो पटक सम्पन्न भएको नारी दिवस अत्यान्त सफल भएकोमा प्रशन्नता व्यक्त गरीन । उनले नेपालका दुर्गम भेगमा रहेका नारीहरुको हितमा केहि गर्नुपर्छ भन्ने भावनाले कार्यक्रम गरीएको बताउंदै सहयोगीहरुप्रति आभार प्रकट गरेकी थिइन । एन आर एन युकेको सदस्यको नाताले आफु एन आर एनको हरेक गतिविधिमा महिला आवाज बुलन्द पार्न लागि पर्ने उनको बाचा थियो ।

सो अवसरमा एन आर एन युरोप को अर्डिनेटर लक्ष्य गुरुङ समाजसेवीहरु डा। जनक धिताल नेपलिज नसर्िङ एशोसियसनकी अध्यक्ष शान्ता संग्रौला नन्द कुमारी गुरुङ देवी आले लगायतले महिलाहरु आधा आकाश भएको चर्चा गर्दै महिलामाथिका सम्पुर्ण विभेद अन्त्य गरी समुन्नत समाज निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । नेपालमा महिलाहरुमाथि हुने विभेद कल्पना समेत गर्न नसकिने भएको बताउंदै उनीहरुले महिला शसक्तिकरण र उचित शिक्षाका लागि प्रवासमा रहेका महिलाहरुले सहयोग गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा अध्यक्ष कुल आचार्यले महिलाहरुलाई जागरुक बनाउन एन आर एनले महिला दिवस मनाउने निर्णय गरेको बताए । उनले बेलायतमा रहेका महिलाहरुलाई अझ शसक्त बनाउन एन आर एनले विशेष पहल गर्ने समेत जानकारी दिए ।

सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरीएको थियो । सांस्कृतिक कार्यक्रममा सितु खरेल सिता पौडेल ज्ञानेन्द्र गुरुङ याम गुरुङ निर्मला गुरुङ लगायतले विभिन्न गित गाए । त्यस्तै हमा श्रेष्ठले कविता वाचन गरेकी थिइन । सावित्री थापा गंगा थापा भवानी थापा र लुकु थापाले नेपाल र बेलायतका नेपाली माझ चर्चा पाएको कौडा नृत्य प्रश्तुत गरेका थिए । कार्यक्रममा साचालीका उषा भट्टको तिखो जोक संगै स्थानीय कलाकारहरुले रोचक नृत्य प्रश्तुत गरेका थिए ।

एन आर एन युकेका कोअर्डिनेटर रामशरण िसंखडा र साचारकर्मी उषा भट्टले साचालन गरेको कार्यक्रमको सह संयोजन सुष्मा लिम्बुले गरेकी थिइन । सहभागिहरुले नेपाली खानासंगै डि जे तथा डान्समा रमाइलो गरी महिला दिवस मनाए ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर