.
समाचार,
नेकपा माओवादीको संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको बैठक फेरि बस्दै I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 19 March 2012
मोहन बैद्य किरण पक्षले सरकारविरुद्ध ल्याएको संगठन र संघर्षका कार्यक्रम घोषणा गरेपछि संस्थापन पक्षले भावी रणनीति तय गर्न बैठक बोलाएको हो । संस्थापन पक्षको बैठक सोमबार पनि बसेको थियो ।
बैठकमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताको सहभागिता रहनेछ । मंगलबारको बैठकमा संस्थानपक्षका अन्य नेताले विचार राख्ने कार्यक्रम छ ।
बैद्यपक्षको आन्दोलन प्रतिकार गर्दै उसलाई धार स्पष्ट पार्न सोमबारको बैठकले निर्णय गरेको एक नेताले बताए । साथै बैठकले वर्तमान सरकारलाई नै निरन्तरता दिने निष्कर्ष निकालेको छ ।
बैद्य पक्ष पार्टी निर्णयविपरीत चलेको भन्दै माओवादीको संस्थापन पक्षले प्रतिवादको तयारी गरेको छ । सरकार राष्ट्रघाती भएको भन्दै आन्दोलनको घोषणा गरेको बैद्य पक्षले सरकार ढाल्न अविश्वासको प्रस्तावसमेत लैजाने बताएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




