.
समाचार,
माओवादीले अझै हिँसा त्यागेको छैन- रामचन्द्र पौडेल I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 21 March 2012
उनले माओवादीले आफ्ना अराजक र हिंसात्मक गतिविधि नियन्त्रण नगरे त्यसले माओवादीलाई नै क्षति पुराउने चेतावनी दिए ।
होटल हायत रिजेन्सीमा रहेको क्यासिनो तारामा कार्यरत सुवेदीलाई हिजो बिहान माओवादी निकट मजदुरको समूहले कुटपिट गरेर घाईते बनाएको थियो । कांग्रेस नेता पौडेलले घटना बारे छानविन गरी दोषीउपर कारवाही अगाडी बढाउन आफूले पहल गर्ने बताए ।
घाइतेको अवस्था बुझ्न टे«ड युनियन कांगे्रसका अध्यक्ष लक्ष्मण बस्नेत लगाएतका मजदुर नेताहरु पनि हिमाल अस्पताल पुगेका थिए ।
क्यासिनोमा कार्यरत माओवादी निकट मजदुर पवन कटुवालको समूहले सवेदीलाई कुटपिट गरेको भन्दै घाईतेका आफन्तले तत्काल कारबाही गर्न माग गरेका छन् ।
युनियन गठनको विषयलाई लिएर क्यासिनो तारामा कांग्रेस र माओवादी मजदुरबीच पटकपटक झगडा हुँदै आएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




