.

,

नेपाल आदिवासी जनजाति महासंघ युकेको महासंघको विधान पारित I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
धन घले, युके - नेपाल आदिवासी जनजाति महासंघ युकेको विधानलाई अन्तिम रुप दिन र पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने विषयमा छलफल गर्न तदर्थ समितिका अध्यक्ष श्री थर्क रानाको अध्यक्षतामा अल्डरसटस्थति भेटघाट रेष्टरेण्टमा सम्पन्न भयो। भेलामा मगर संघ युके तमू.... किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, सुनुवार सेवा समाज युके, शेर्पा...., तामाङ धेदूङ युके …का प्रतिनिधिहरुको उपस्थिति थियो।

विधानमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को अनुसूची भित्र पर्ने जात-जातिहरुलाई मात्र महासंघ युकेको सदस्यता प्रदान गरिने व्ययस्था गरिएको छ। अनुसूचि भित्र सूचिकरणमा नपरेका तर आदिवासी जनजाति हौं भनेर घोषणा गरी नेपाल आदिवासी जनजाति महासंघ युकेको सदस्य संगठनको लागि लिखित निवेदन परेमा महासंघको विधिवत निर्माण पछाडी छलफल गरी त्यसको टुंगो लगाउन सकिने विधान मसौदा समितिका संयोजक चण्डिकाराज राईले जानकारी गराउनु भयो।

महासंघको राष्ट्रिय महाधिवेशन, संघीय परिषद, केन्द्रीय कार्य समिति, केन्द्रीय कार्यालय सचिवालय, प्रमुख अंगका रुपमा रहने व्यवस्था छ। साथै केन्द्रीय कार्य समितिले महासंघको कामलाई सुव्यवस्थित ढंगले संचालन गर्न नियमावली बनाइ सल्लाहकार अर्थिक महिला प्रचार-प्रसार अन्तर जातीय समन्य विदेश ब्रिटिशगोर्खाजस्ता विभागीय समितिहरुको व्यवस्था गर्ने सक्नेछ।


विधान अनुसार महासंघको राष्ट्रिय महाधिवेशन हरेक तीन वर्ष तथा संघीय परिषदको बैठक वर्षमा एकपटक बस्नेछ। हरेक सदस्य संगठनले पाँचजना प्रतिनिधि महाधिवेशनमा पठाउने तर केन्द्रीय कार्य समितिको उम्मेद्धार हुनुलाई सम्बन्धित संस्थाबाट सिफरिस भएको हुनु पर्नेछ। हरेक सदस्य संगठनबाट एकएक निर्वाचित र नपुग मनोनयन गरी २१ सदस्यीय केन्द्रीय कार्य समितिको गठन गरिनेछ। यसको अतिरिक्त हरेक सदस्य संगठनहरुले थप ३ जना सदस्यहरु मनोनयन गरी संघीय परिषदमा पठाउनु पर्नेछ। केन्द्रीय कार्य समिति तथा संघीय परिषद दुवै सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ।
बैठकले महासंघको पहिलो राष्ट्रिय महाधिवेशन आगामी २६ मे का दिन आसफोर्ड केन्टमा सम्पन्न गर्ने निर्णय समेत गर्यो। महाधिवेशनको आयोजक महासंघ स्वयम् र सहयोजकमा किरात याक्थुङ चुम्लुङ युके हुनेछ। बैठकले केन्द्रीय कार्य समितिको उम्मेद्धारी शुल्क अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यको क्रमश २५०, २००, १५०, १००, ५० र २० पाउण्ड निर्धारण समेत गरेको छ।

धन घले
नेपाल आदिवासी जनजाति महासंघ युके

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर