.
Feature समाचार,
गच्छदारद्वारा ५ करोडमा सभासद खरीद I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 19 March 2012
६ चैत: व्यापक विरोधपछि प्रचण्ड पुत्र प्रकाश दाहाल सहितको सगरमाथा आरोहण टोलीले लिने भनेको २ करोड रुपैयाँ नलिने घोषणा गरेपनि सरकारका एक प्रभावशाली मन्त्रीले भने आफ्नै सभासद्लाई खरीद गर्न ५ करोड जति रकमलाई दियो कलश गरिसकेको खुलासा भएको छ ।
आफुलाई संसदीय दलको नेताबाट हटाउने चालबाजी पूरा हुन नदिन फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् संसदीय दलका नेता समेत रहेका उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले ५ जना सभासदका लागि कम्तिमा २ करोड खर्च गरिसकेको चर्चा सो पार्टीको संसदीय दलको बैठकमा भएपछि यस्तो खुलासा भएको हो ।
रक्षामन्त्रीबाट हटेपछि गच्छदारविरुद्ध आगो भएका शरदसिंह हण्डारीले आफू संसदीय दलको नेता बन्ने तयारीसहित १८ जना सभासदको हस्ताक्षर संकलन गरेर बुझाएका थिए । भण्डारी आफुले चाहीँ हस्ताक्षर गरेका थिएनन् । आफुविरुद्ध १९ जना सभासद लागेपछि आफ्नो पद गुम्ने देखेर गच्छदारले सभासद् किनेको बताइएको छ । उनले पहिलो चरणमा करीमा बेगम, रामबच्चन अहिर र शिवनारायण उरावलाई नगद नै दिएर हस्ताक्षर फिर्ता गराएका छन् ।
यसक्रममा २ करोड खर्च भएको बताइएको छ । यो लगत्तै अख्तियारमा बयान दिइरहेका वन राज्यमन्त्री लक्ष्मण महतो र मन्त्री वकिल मुसलमानले पनि हस्ताक्षर फिर्ता लिए । तर गच्छदारले अझै केही सभासद खरीद गर्न ३ करोड रुपैयाँ छुट्टाएको जानकारी आफूहरुले पाएको हस्ताक्षर अभियानमा रहेका एक सभासद प्रमोद गुप्ताले बताएका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





