.

,

राज्य मन्त्री यादमाथी कारवाहीको माग I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


६ चैत: स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री सरोज कुमार यादवले मादक पदार्थ सेवन गरी आइतबार राती वीर अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरि डिउटीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारहरुलाई अभद्र व्यवहार गरेकोमा नेपाल चिकित्सक संघले मन्त्री यादव उपर कानूनी कारवाहीको माग गरेको छ ।
संघका महासचिव डा. भुपेन्द्र कुमार बस्नेतले जारी गर्नुभएको विज्ञप्तिमा नेपालको सबैभन्दा पुरानो बीर अस्पतालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीले मदिरा सेवन गरी आकम्मिक कक्ष जस्तो संवेदनशिल कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी, संचारकर्मीहरुमाथी गरेको अत्यन्तै निन्दनीय र निकृष्ठ दुव्यवहारप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएकोछ ।
विज्ञप्तिमा भनिएको छ—देशका विभिन्न अस्पतालहरुमा विरामीको आफन्तका नाममा विभिन्न व्यक्तिहरुबाट होहल्ला, तोडफोड तथा हातपात गर्ने जस्ता असोभनिय क्रियाकलापहरु निरन्तर रुपमा भई रहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री जस्तो गरिमामय पदमा आसिन व्यक्तिबाटै यस्तो प्रकारको गाली गलौज, दुव्र्यावहार तथा अपशब्द प्रर्दशन गर्नुले नेपाल चिकित्सक संघ अत्यन्तै गम्भिर महशुस गर्दै उक्त घटनाको घोर भत्र्सना र निन्दा गर्दछ ।
यस्तो प्रकारका अत्यन्तै अमानवीय क्रियाकलापबाट अस्पतालको सौहार्दपूर्ण वातावरणलाई खलल पुर्‍याउनुको साथै सर्वसाधारण, स्वास्थ्यकर्मी एवं चिकित्सकहरुको मनोबलमा समेत नकारात्मक प्रभाव पर्छ र यस्ता घटनाले अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवा प्रभावित भई आम नागरिकको स्वास्थ्य सेवा उपयोग गर्ने नैसर्गिक अधिकार समेत हनन भएको जनाएको छ ।
उक्त घटनाका सम्बन्धमा यथार्थ छानबीन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषी उपर कानूनी कारबाही गरी कानूनी राज्यको प्रत्याभूतिको अनुभूति दिलाउन समेत संघ नेपाल सरकारसाग जोडदार माग गरेको छ । संघले अन्यथा, अन्य कुनै पनि अप्रिय कदम उठाउन बाध्य हुने व्यहोरा समेत विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।
त्यसैगरी नेपाल स्वास्थ्यकर्मी संघका महासचिव ओम प्रसाद उपाध्यायले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा नेपालको अन्तरिम संविधान २०६३ पालना गर्ने गराउने सर्तमा सपथ खाई पदीय मर्यादामा रही आचरण पालना गर्नुपर्ने मन्त्रीले नै मादक पदार्थ सेवन गरि अत्यन्त संवेदनशील स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा बिरामी माथि अभद्र व्यवहार गर्ने कार्यको घोर भत्सर्ना गरेको छ । विज्ञप्तिमा दोषी उपर कडा कारवाहीको माग गरिएको छ ।
पेशागत हकहितका लागि स्थापित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियन, वीर अस्पताल, नेपाल स्वास्थ्यकर्मी संघ नेपाल, अखिल नेपाल प्रगतिशित स्वास्थ्यकर्मी संगठन, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल नर्सिङ संघ, पारमेडिकल एशोसियसन अप नेपाल, नेपाल निजामती कर्मचारस् संगठन, नेपाल निजामती कर्मचारी युनियन, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल राष्ट्रिय कर्मचारी संगठन, अखिल नेपाल सेक्युरिटी मजदुर संघ, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मी संघ, अस्थायी, करार तथा ज्यालादारी संघर्ष समिति लगायतका १५ वटा ट्रेड युनियनले संयुक्त रुपमा विज्ञप्ती जारी गरी घटनाको निष्पक्ष छानविन र कानूनी कारवाहीको माग गरेका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर