.
सुचना र प्रविधि,
मोबाइल एक्स्पोको तयारी अन्तिम चरणमा I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 21 March 2012
चैत्र १६ गतेदेखी राजधानीको भृकुटिमण्डप गार्डेनमा सुरु हुने भनिएको मोबाइल एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाल मोबाइल व्यवसायी संघ द्धारा आयोजना हुने सो एक्स्पोमा ६५ वटा स्टल रहने आयोजकले जनाएको छ।
विशेष गरी एसएलसी दिएर बसेका विद्यार्थिहरुलाई लक्षित गरेर एक्स्पोको आयोजना गरिएको जुम इभेन्ट म्यानेजमेन्टका निर्देशक सिएन उपाध्यायले बताउनुभयो।
मेलामा नेपालमै उपलब्ध हुने सामसुङ, नोकिया ,एलजि ,स्पाइस, ब्ल्याकबेरी, आइफोन ,डेल एचटिसि ,युबिसेट, कर्लस, जिफाइभ, मोटोरोला, हुवावे ,माइक्रोम्याक्स,कार्बन ,म्याक्स,ट्याबलेट, र्स्माट फोन ,ओलिभ, इन्टेक्स, सोनि इरिक्सन ,लाभा,टेककम ,बेटल ,पाइन, एमटेक, अल्काटेल लगायत विभिन्न सिम वितरक कम्पनी एनसेल ,एनटिसि ,युटिएल ,र्स्माट सेल लगायत ल्यापटप, ल्यापटप ट्रेनिङ ,ल्यापटप एसेसरिज ,सिसिटिभि ,आइएसपी,मोबाइल ट्रेनिङ, मोबाइल केयर ,मोबाइल पार्टस एन्ड एसेसरिज ,मोबाइल एक्सचेन्ज ,मोबाइल एप्लिकेसन, सफ्टवेयर, मोबाइल गेम्सका साथै पावर इर्नजीको सहभागिता हुने आयोजकले जनाएको छ।
मेलामा एसएलसी दिएर बसेका विद्यार्थिहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिनुका साथै अरु विद्यार्थिहरुको लागी २५ रुपैँया र सर्वसाधारणको लागी रु५० प्रवेशको व्यवस्था गरिने संघका अध्यक्ष पुरुषोतम बस्नेतले जानकारी दिनुभयो। मेला ६ दिनसम्म चल्नेछ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





