.
प्रवास,
बेल्जियममा १०८ कन्या कुमारीको पुजा I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 22 March 2012
बेल्जियमको स्थानिय शहर आन्त्रोपेनमा १७ मार्च २०१२ का दिन नेपाल राष्ट्र शान्ति तथा मेलमिलापको लागि १०८ कन्या कुमारीको पुजा आर्चना सम्पन्न भयो। धर्म गुरु जगद आचार्य, बाबा तेजनाथ शर्माले प्रवचन दिनु भएको पुजामा भौतिक उन्नतितर्फ मात्र ध्यान दिदा मानव जिवन पद्धतिमा असन्तुलन आएकोले आत्धात्मिक ज्ञानबाट मानव जीवनलाई र पद्धतिलाई सन्तुलनमा ल्याउन प्रयास स्वरुप यस्ता कार्यक्रमको आयोजना गरिएको बताइएको छ।
वाचक धार्मिक गुरु नेपाली बाबा जगद आचार्य बाबा तेजनाथ शर्माले राष्ट्रिय शान्ति र देशको सफलताको कामना गर्दै र विदेशमा रहँदा पनि हामी विच एकता होस भन्ने मेरो चाहाना तथा आराधाना हो। कन्या भनेका माता हुन जसबाट मात्र सृष्टि धानिएको विश्वासका साथ पुजा गरिएको हो। कार्यक्रममा आध्यात्मिक विश्व विद्यालय, आध्यात्मिक अस्पाताल लगायत भगवती विन्दवासीनीको नौ तले मन्दिर निमार्ण गर्नको लागि विभिन्न दाताहरूले भुमिदान गरेका छन्। पुर्विय दर्शनलाई बैज्ञानिक तरिकाबाट विष्लेषण गर्ने उद्धेश्यले स्थापित श्री विन्दवासीनी आध्यात्मिक संघ मार्फत अभियानलाई अगाडि बढाइएको हो।
कार्यक्रममा नेपाली उद्योग बाणिज्य महाँसंघका नि. उपाध्यक्ष आजाद श्रेष्ठले यस पुजाले बेल्जियम बस्ने नेपालीहरुको मनोकामना पुरा हुने विश्वास गर्दै आध्यात्मिक विश्वविद्यालय, अस्पाताल तथा नौ तले विन्दवासीनी मन्दिर निर्माणर्था श्री विन्दवासीनी आध्यात्मिक संघको स्थापना भएको र अन्तराष्टिय अभियान सुरु गरिएको बताउनुभयो। उहाँले बेल्जियमबाट भुमिदान गर्ने दाताहरुलाई प्रमाणपत्र तथा खादा लगाई सम्मान गर्नु भएको थियो।
कार्यक्रममा बेल्जियममा बस्ने नेपालीहरुको प्रतिनिधित्व गर्दै गैर आवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष श्रीमती जानकी गुरूङले यो आध्यात्मिक कार्यलाई एनआरएन बेल्जियमले उच्च मुल्याँकन गरेको र यसले हामी विचको भावानात्मक संवन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्दे नेपाली हाउस बनाउने बेल्जियमवासीको सपना साकार होस भन्ने चाहाना व्यक्त गर्नु भयो। बेल्जियमको आन्त्रोपेन शहरमा बसोबास गर्ने नेपाली समुदायहरुको सक्रियतामा पुजा आयोजना तथा सम्पन्न भएको थियो।
कार्यक्रममा स्वगात नेपाली व्यवासायी संघ बेल्जियमका अध्यक्ष हरि शर्मा थपलिया तथा श्रद्धालु भक्त्तजनह्ररुलाई एनआरएन आइसीसीसदस्य अर्जुन कुमार श्रेष्ठले धन्यबाद दिएका थिए। पुजामा बेल्जियम स्थित विभिन्न संघसंस्था तथा विभिन्न शहरहरुबाट उल्लेख्यरुपमा नेपाली समुदायको सहभागिता रहेको थियो।
शालिक गौतम
बेल्जियम
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





