.

,

एन सी सी कोरिया,पुसान शाखाद्वारा श्रमिक नीतिबारे परामर्श कार्यक्रम सम्पन्न I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

टीका पुन मगर
चैत्र ५ ,दक्षिण कोरिया- नेपाली सम्पर्क समिति (एन सी सी) दक्षिण कोरिया,पुसान शाखाले कोरियाली श्रमिक नीतिबारे परामर्श दिन एक छलफल तथा बहस कार्यक्रम सम्पन्न गरेको छ। पुसान शाखाका सचिव लक्ष्मण दाहालका अनुसार कार्यक्रममा नया परिवर्तित कोरियाली श्रमिक नीतिका साथै चर्चामा रहेका अन्य आवश्यक विषयहरुमा व्यापक बहस तथा छलफल गरिएको थियो।

श्रमिक अधिकार र कर्तब्य, ई-७ भीषा, कम्पनि परिवर्तन सम्बधि नियम लगायतका विषयहरुमा छलफल र बहस गर्न तथा यस बारेमा जानकारी लिनका लागी दक्षिण कोरियाको दक्षिण भेगमा रहेका नेपालीहरु लगायत अन्य विदेशीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित सहभागीहरुले विशेष गरि इ पी एस को कम्पनि परिवर्तन सम्बन्धि नया नियम,इ -७ भिषा,कस्ता कामदारहरु भिषा अवधि पुरा गरि स्वदेश फर्केमा पुन: कोरिया फर्कन पाउने,लगायत अन्य विषयहरुमा जिज्ञाशा राखेका थिए।

सहभागीहरुको जिज्ञाशालाइ कोरियाली श्रम मन्त्रालय र माइग्रेन सेन्टरका प्रतिनिधिहरुले आवश्यक सर सल्लाह र कानुनी परामर्श दिएका थिए। साथै कार्यक्रमका सहभागीहरुलाई कुनै समस्या परेमा एन सी सी पुसान कमिटीमा सम्पर्क गर्न अथवा सिधै आफ्नो अफिसमा सम्पर्क गर्न कोरियाली श्रम मन्त्रालय र माइग्रेन सेन्टरका प्रतिनिधिहरुले अनुरोध गरेका थिए।


यसैविच नेपाली सम्पर्क समिति (एन सी सी) दक्षिण कोरिया,पुसान शाखाले आफ्नो संस्थामा उपाध्यक्षमा चन्द्र फुँयाल ,सल्लाहकार समितिमा रोशन पौडेल, श्याम मगर,राम सिंजाली र लक्षमण बोगटी,विशेष सहयोगी समितिमा शालिक क्षत्री, सुभास देवकोटा, बिनय पोख्रेल,मदन गिरि र आनन्द कोइराला, र सदस्यहरु सपना मगर, कल्पना र समुन्द्र तिवारीलाइ चयन गरेको जनाएको छ।

त्यस्तै नया वर्षको अवसर पारेर अन्य कार्यक्रमको साथमा शाखाले नेपाली चलचित्र "लुट". प्रदर्शन गर्ने पनि शाखा सचिव लक्ष्मण दाहालले साहारासंसारलाई बताए।
photo- laxman dahal, sahara

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर