.
समाचार,
दुइ महिने सुत्केरी परिवारकै सदस्यद्वारा हत्या I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 18 March 2012
सिन्धुपाल्चोकको सिपापोखरे गाविस-७ निवासी २३ बर्सिय शर्मिला भट्टर्राईको शनिबार हत्या भएको छ । दुइ महिने सुत्केरी भट्टर्राईको उनकै परिवारका सदस्यद्वारा हत्या गरिएको प्रहरीले जनाएको छ । घरको माथिल्लो तलामा घुँडाले भुइँ टेकेर झुन्डिएको अवस्थामा शव फेला परेकाले उनको हत्या भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक श्रीराम गिरीले बताए । उनको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले मृतककी श्रीमान्, सासू र देवरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । हत्यापछि दुइ महिने शिशु -छोराको विचल्ली भएको बताइएको छ । पहिलेदेखि नै अर्की श्रीमती ल्याउँछु भन्दै हिँड्ने गरेकाले श्रीमान् र उनका परिवार मिलेर हत्या गरेको मृतकका दाजु उमेश घोरासैनीको भनाइ छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




