.
प्रवास,
हस्ताक्षर अभियान गोर्खा आन्दोलनको हितमा I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 18 March 2012
सबै गोर्खाहरु मिलेर हस्ताक्षर अभियान अघि बढाउनुस यसैमा तपाईहरु सफल हुनुहुनेछ, सहभागिहरुलाई ईंगित गर्दै क्यारोलले थपे कानुनी लडाईले गोर्खा अधिकार प्राप्त गर्नुको साटो अझै दलदलमा फस्नसक्छ । उनले ठाउं ठाउंमा आगो फुक्नुको सट्टा एकै ठाउंमा आगो दन्काउन समेत उनीहरुलाई सुझाए । झुण्ड झुण्ड रुपमा गरेको आन्दोलनले खासै सफलता हासील गर्न कठिन हुने बताउंदै उनले आन्दोलनलाई एक भएर अघि बढाउन आग्रह गरे । माग सम्बोधन गराउनमात्र भएपनि गोर्खाहरु एक हुनुपर्ने उनको भनाई थियो ।
दुबै भेटमा अध्यक्ष केश बहादुर गुरुङ उपाध्यक्षद्धय भोज प्रसाद गुरुङ र भिम राई, महासचिव दिल जीसी, सहसचिव तेज राई, सल्लाहकारद्धय धन गुरुङ र तर्कजंग गुरुङ, एवं सदस्यहरु कृष्ण आले, भक्त गुरुङ, सन्त गुरुङ, विष्णु आले लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन फोक्स्टनका पुर्व काउन्सीलर एवं नेसा युकेका सल्लाहकार धन गुरुङले गरेका थिए । नेपाल भुतपुर्व सैनिक संघ नेपालको बेलायत शाखा नेसा युके बेलायत सुहाउंदो ‘ब्रिटिश गोर्खा नेपाल भुतपुर्व सैनिक संघ’ नामाकरण गर्ने प्रकृयामा रहेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




