.
समाचार,
जनकपुरमा अनिश्चितकालिन बस बन्द I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 22 March 2012
स्थानीय प्रहरी प्रशासनले ना. ३ .ख. ३४०७ नम्बरको बस दुर्घटनाका चालक दिनेश चौधरीलाई मिसिल विपरित यातायात व्यवस्था ऐन १६१(२) को अभियोग लगाई विगत चार महिनादेखि थुनामा राखेको बिरोधमा उनीहरुले बस सञ्चालन गर्न अबरोध गरेका हुन् । उनीहरुले अविलम्ब चालक चौधरीको रिहाईको मागपनि गरेका छन् ।
ब्रेक फेल भएर दुर्घटना भएकाले बस चालक चौधरीलाई यातायात व्यवस्था ऐन १६१(३) बमोजिम सामान्य कारबाही हुनुपर्ने माग चालकहरुको छ ।
सम्बन्धित निकायले आफूहरुको मागप्रति ध्यान नदिएको भन्दै बाध्य भएर अनिश्चितकालिन बस बन्द गराएको चालकहरुले जनाएका छन् ।
त्यस्तै सिन्धुलीको झांगाझोली रिठेभिरमा स्टेरिंग फेल भई भएको दुर्घटनामा बस चालकलाई कानून विपरित दुई बर्षको कैद गर्नुपर्ने जिल्ला अदालतको निर्णलाई समेत सच्याउनु पर्ने उनीहरुको माग छ ।
-नेहा शर्मा[सौर्यदैनिक]
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




