.

,

नेपाल कोरिया व्यापार संघले सउलमा भव्य साँस्कृतिक कार्यक्रम गर्ने I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
निर्मल अर्याल, कोरिया,
नेपाल कोरिया व्यापार संघले आगामी मे महिनाको २७ तारिखमा दक्षिण कोरियाको सउलमा भव्य साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहने नेपाल कोरिया व्यापार संघका अध्यक्ष मदन केसीले जानकारी दिनुभयो । कार्यक्रमबाट संकलित रकम नेपालका दुर्गम भेगमा विभिन्न समस्याबाट ग्रसित र आपत विपतको सामना गरेकाहरुलाई उपलब्ध गराइने केसीले बताउनुभयो ।

कोरियामा रहेका नेपालीहरुलाई आपत पर्दा पनि रकम खर्च गरिने केसीले जानकारी दिनुभयो । कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नको लागि केसीको अध्यक्षतामा १ सय १ जना सम्मिलित मूल आयोजक समिति गठन गरिएको छ । समितिमा कोरियामा रहेका नेपाली व्यापारी सहित कलाकार, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको छ । सो कार्यक्रममको मूल संयोजकमा भने रुद्र शर्मा रहनु भएको छ ।

संयोजकहरुमा कलाकार छनौट तथा भिसा प्रक्रियामा गंगाराज राई, अतिथि सत्कारमा विनोद कु“वर, हल व्यवस्थापनमा राजु क्षेत्री, आर्थिक व्यवस्थापनमा सन्तोष थापा रहनु भएको छ ।

त्यस्तै संघ संस्था समन्वयमा मनोज कार्की, स्वयं सेवक परिचालनमा कृति कुमार श्रेष्ठ, प्रचार प्रसारमा दिनेश हिराचन, यातायात व्यवस्थापनमा टिकाराम तामाङ, मञ्च सजावटमा उर्गेन गुरुङ, होटल व्यवस्थापनमा श्रीमान् गुरुङ र सुरक्षातर्फ एनबी बोगटीलाई सयोजक तोकिएको छ ।

कोरियमा व्यापार व्यवसाय गर्दै आाएको नेपालीहरुको साझा संस्था नेपाल कोरिया व्यापार संघले विगतमा पनि विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर