.
entertainment feature,
निशासँगै आर्यनको 'धुवाँ' काण्ड I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 23 March 2012
केही महिना अघि निर्माता मधुसुदन सिलवालसँगको जुहारी खेपेका नायक आर्यन सिग्देल बिहिवार अर्का निर्माता राम प्रसाद रिजालसँग उस्तै काण्डमा परेका छन् । निर्माता भन्छन् नायिका निशा अधिकारी सँग नखेल्ने रे, नायक भन्छन् स्क्रिप्ट मन परेन ।
मधुसुदनको सिनेमा ब्ल्याकमेलमा पारिश्रमिक समेत लिईसकेपछि लफडामा फसेका आर्यन राम प्रसाद सँग भने स्क्रिप्ट बाट नै टाढिएका छन् । अबको सिनेमा 'धुवाँ' बनाउन लागेका निर्माता रामप्रसाद रिजालले मिडियामा आर्यनले आफ्नो सिनेमा खेल्ने बताउँदै आएका थिए तर, आर्यनका अनुसार त्यो भ्रम मात्र थियो(एग्रिमेण्ट भएको थिएन) ।
उता, निर्माता रिजाल भने आर्यनले निशालाई नहटाए 'धुवाँ'मा नखेल्ने भएको बताएका छन् । रिजालले निशालाई हटाउन नमिलेकोले आर्यनलाई निकालेको बताए । आर्यन भने एग्रिमेण्ट नभईसकेकोले आफु निकालिएको नभई र निशासँग नखेल्ने भन्ने नभएर स्क्रिप्ट नै मन नपरेको ले आफुले अभिनय गर्न नसक्ने बताए ।
यसअघि नायक सिग्देल मधुसुदनको प्रोजेक्ट 'ब्ल्याकमेल'बाट निकालिएको बताईएपनि आफैले छाडेको र निशासँग कुनै दुश्मनी नभएको बताएका थिए । निशासँग जोडिएर फेरी उनको नाम उस्तै तवरले आएको छ । यथार्थ कुरा के हो त्यो भने खुलासा भएको छैन् । यसअघिको प्रोजेक्टमा हावाले पात नहल्लाएर कसैले रुखै हल्लाएको जस्तो बुझिएता पनि यसपाली पनि घटना दोहोरिदा 'हावा नचली पात हल्लिदैन' भन्ने यथार्थ मिल्न सक्छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





