.
Feature समाचार,
जेठ १४ मा संविधान जारी गर्नुको विकल्प छैन:गौतम I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 23 March 2012
दाङ,चैत १०नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेब गौतमले जुनसुकै हालतमा पनि जेठ १४ मा संविधान जारी गर्नुको विकल्प नभएको बताउनु भएको छ । माओवादी पार्टी सेना तथा हतियारबिहिन हुनुपर्नेमा जोड दिदै गौतमले पुनस्थापना र स्वच्छिक अवकास प्रक्रियालाई जतिसक्यो चाँडो टुङ्गो लगाउनु पर्ने बताउनुभयो । प्रेस चौतारी दाङले आज दाङको तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष गौतमले प्रमुख राजनीतिक पार्टी प्रतिबद्ध हुनुपर्ने धारणा राख्नुभयो ।
माओवादीले फैलाएको जातिय राज्यको चर्चाले अन्य पार्टीलाई असर पारे पनि बुहुजातिय, बहुभाषिक तथा बहुधार्मिक मुलुकमा जातिय राज्य हुनै नसक्ने उल्लेख गर्दै एमाले पर्टी जातिय राज्यको पक्षमा नभएको बताउनुभयो । छुट्टै प्रसंगमा बर्तमान सरकार सबैभन्दा भ्रष्टाचारको दलदलमा फसेको आरोप गौतमले लगाउनुभयो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





