.
Feature समाचार,
आगलागि हुन थालेपछि अनिश्चितकालिन कर्फ्यु I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 23 March 2012
बागलुङ जिल्लाको पश्चिम देविस्थान गाउँविकास समिति वडा नं ७ स्थित तल्लो वेङ्रीमा पटक पटक आगलागिका घटना दोहोरिन थालेपछि अनिश्चितकालिन कफ्र्यु जारी गरिएको छ । गएको पुस २५ गतेदेखि यस क्षेत्रमा लगातार रुपमा भद्रबहादुर घर्तिको एक गोठ, तुलबहादुर कुवँरको एक गोठ, नरबहादुर घर्तिको एक घर र एक गोठमा गरी चौथो पटक आगलागि भएपछि गएको ७ गते यस वडा भित्रका स्थानिय बासीन्दाको वैठक बसि यस्तो निर्णय गरिएको हो ।
साथै वैठकमा पुर्व खहरेखोला देखि पश्चिम बोहोरागाउँ गाविसमा पर्ने टुङ्टङ्गे सम्म र उत्तर चिभेको थाम्को देखि निसीखोला सम्म बेलुकि साढे ८ बजेदेखि विहान ५ बजेसम्म कफ्र्यु लगाउने र कफ्र्युको समयमा कुनैपनि व्यक्ति त्यस स्थानमा प्रवेश गर्न नपाउने यदि अत्याबसेक काम परेमा पुर्व ईलाका सदस्य भविन्द्र कुवँरलाई सम्पर्क गरी आवत जावत गर्न सकिने निर्णय गरेको हो । कफ्र्यु गएको ७ गते बेलुकि साढे ८ बजेदेखि नै जारी गरिएको छ । चारै पटकको घटनामा दोषी ठहरिन नसकेपछि यस्तो निर्णय गर्नुपरेको स्थानिय बासिन्दाले बताएका छन् । घटनाको बारेमा छानविन भईरहेको र चार पटककै घटनामा गरी करिव २० लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय झिवाखोलाले जनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




