.
बलिउड,
सैफअलीको नयाँ फिल्म 'एजेन्ट बिनोद' पाकिस्तानमा प्रतिबन्धित I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 23 March 2012
बलिउड नायक सैफअलि खानको महत्वकांक्षी सिनेमा 'एजेन्ट विनोद' लाई पाकिस्तानको सेन्सर वोर्डले प्रतिबन्ध लगाएको छ । फिल्ममा पाकिस्तानसँग सम्बन्धित विविध विषय समेटिएकोले रिलिजमा प्रतिबन्ध लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आजदेखि प्रदर्शनमा आएको चलचित्र एजेन्ट विनोदका नायक सैफले केही सञ्चारमाध्यममा पाकिस्तानसँगका केही रहस्यमयी कुराको समाधानका लागि फिल्ममा आफूले पाकिस्तान भ्रमण गरेका कुरा खुलाएपछि फिल्ममाथि प्रतिबन्ध लगाउन अझ सहयोग पुगेको विश्लेषकहरुले बताएका छन् ।
फिल्ममा सैफका प्रेमिका करिनाले पनि मुख्य र शालिन भूमिका निभाएकी छिन् । फिल्ममा पाकिस्तानप्रति नकारात्मक सन्देश प्रवाह गरी पाकिस्तानी जनताको भावनामा चोट पुर्याउने भएपछि प्रतिबन्ध लगाइएको सेन्सरबोर्डले जनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




