.

,

माओवादीका दुई कार्यकर्तालाई सुटुक्क सहिद घोषणा गरियो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
एकीकृत नेकपा माओवादी नेतृत्व सरकारले सुटुक्क आफ्ना दुई कार्यकर्तालाई सहिदको सम्मान दिएको छ ।

फागुन १५ गते बसेको मन्त्रिपरिषद् बैठकले तनहुँ आँबुखैरेनीका विनोद पन्त र तनहुँकै बन्दीपुरका शेषमणि लामिछानेलाई सहिदको सम्मान दिएको हो स्रोतले बतायो । मधेस आन्दोलनका क्रममा मधेसी जनअधिकारी फोरमका कार्यकर्ताले रूपन्देहीमा अपहरणपछि उनीहरूको हत्या गरेका थिए । दुवैको परिवारलाई जनही १० लाख रुपैयाँ सहयोग दिने गरी भएको यो निर्णय मन्त्रिपरिषदले अझै सार्वजनिक गरेको छैन ।

सहिद घोषणाजस्तो सार्वजनिक महत्वको विषयलाई गोप्य राखेबाट स्वयं सरकार पनि सहिदको मर्यादाप्रति गम्भीर नभएको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचारमा उल्लेख छ ।

मधेस आन्दोलन चर्कंदै गरेका बेला २०६४ जेठ ३० गते वाईसीएलका केन्द्रीय सदस्य विनोद र वाईसीएल रूपन्देहीका सचिवालय सदस्य शेषमणिलाई रूपन्देहीको मर्चबारबाट अपहरण गरिएको थियो। अपहरणपछि विनोदलाई रूपन्देहीकै शिवपुरमा र शेषमणिलाई भारतको डालीमा पुर्‍याई हत्या गरिस्एको थियो । उनीहरूको हत्यामा संलग्न रहेको भन्दै माओवादीले फोरमका ओमप्रकाश यादव गुल्जारीका दुईवटा घर, दुईवटा ट्याक्टर र धनमाल जलाइदिएका थिए । यादव वर्तमान सरकारमा कृषि तथा सहकारी राज्यमन्त्री छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर