.
समाचार,
नवजात शिशुलाई झोलामा राखी आमा फरार I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 21 March 2012
महानगरपालिका–१६ बाईपास ओरालोस्थित तरुण माध्यामिक बिद्यालयको गेट अगाडि झोलामा गएराति नवजात शिशु फेला पारेको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।
अपरिचित महिलाले झोला छाडेर गएको भनी स्थानीय बासिन्दाले महानगरीय प्रहरी बृत्त बालाजुमा खबर गरेपछि तुरुन्त खट्टिएको प्रहरीले झोला चेकजाँच गर्दा चार, पाँच घण्टा अगाडि जन्मिएको पुरुष नवजात शिशु फेला परेको थियो ।
जीवितै रहेको शिशुलाई उपचारका लागि प्रहरीले कान्तिपुर बाल अस्पताल पुराएको छ । नवजात शिशु झोलामा राखेर फरार आमाको प्रहरीले खोजतलास गरिरहेको जनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




