.

,

बबरमहल विस्फोटमा पत्रकारको हात I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


७ चैत, काठमाण्डौ । तीन जनाको ज्यान लिने गरी तिन साताअघि राजधानीको बबरमहलमा भएको बम बिस्फोटमा पत्रकारले समेत सहयोग गरेको रहस्य खुलेको छ । बम विस्फोटमा पत्रकारको समेत हात रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको भएपनि संचारक्षेत्रबाट विरोध हुने सम्भावनाका कारण ती पत्रकारलाई पक्राउ नगरिएको प्रहरीको भनाइ छ ।

प्रहरी श्रोतका अनुसार बबरमहल बम विस्फोटका नाइके देवराज लामा विश्वक्रान्ति सँग सगरमाथा टेलिभिजनका पत्रकार प्रमोद सेढाइको सम्बन्ध देखिएको छ । आजको दृष्टि साप्ताहिकमा छापिएको खबर अनुसार बम विस्फोटभन्दा दुइ साताअघिदेखि विश्वक्रान्ति र सेढाइबीच नियमित सम्पर्क देखिएको प्रहरीको भनाइ छ । बम विस्फोटको केही घण्टाअघि पनि सेढाइको मोबाइलमा विश्वक्रान्तिले फोन गरेको अनुसन्धानमा संलग्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकारीले बताए ।

अनुसनधानको क्रममा पनि प्रहरीलार्य गलत सूचना दिएर विश्वक्रान्तिलाई जोगाउन खोजेकाले पनि पत्रकार सेढाइको संलग्नता पुष्टि भएको प्रहरीको भनाइ छ । बम विस्फोटपछि विश्वक्रान्तिले सगरमाथा टेलिभिजनलाई अन्तरवार्ता दिइ घटनाको जिम्मेवारी लिएका थिए । तर विस्फोटको केही समयअघि नै सेढाइलाई त्यसबारे जानकारी रहेको प्रहरीको दाबी छ । विस्फोटको एक मिनेटमै सगरमाथा टिभीका पत्रकार घटनास्थल पुगेका थिए तथा सगरमाथाले घटनास्थलबाट प्रत्यक्ष प्रशारण गरेको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले विश्वक्रान्तिले फोन गरेको नम्बर माग्दा सगरमाथाले गलत नम्बर दिएर झुक्याएको प्रहरीको भनाइ छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर