.
Feature समाचार,
नेविसंघको तदर्थ समितिप्रति विद्यार्थी नेताहरु असन्तुष्ट I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 19 March 2012
नेपाल विद्यार्थी संघको अधिवेशनका लागी काँग्रेसले गठन गरेको तदर्थ समिति प्रति विद्यार्थी नेताहरुले नै असन्तुष्टि व्यक्त गरेका छन। पार्टीको देउवा पक्षका साथै संस्थापन पक्षकै नेताहरुले पनि आइतबार गठन गरेको समितिप्रति असन्तुष्टि र आक्रोस पोखेका छन।
उनीहरुले तदर्थ समिति बढी ठुलो भएको र कामप्रति क्षमतावान भन्दा पनि आसेपासेहरुलाई मात्रै समितिमा राखिएको गुनासो गरेका छन। संघका पुर्व उपाध्यक्ष भुपेन्द्रजंग शाही, नैनसिं महर सहितका नेताहरुले अहिलेको समितिले चुनाव गर्नेमा आशंका गर्नु भएको छ।
अहिलेको नेविसंघको भिडले चुनाव गर्नै नसक्ने असन्तुष्ट नेताहरुको टिप्पणी छ। झण्डै दुई महिना पहिले पार्टीले रञ्जीत कर्णलाई संघको अध्यक्ष तोकेको थियो भने आइतबार १ सय जनालाई तदर्थ समितिको सदस्यमा मनोनयन गरेको थियो। महाधिवेशनका लागि गोपालकृष्ण घिमिरेको संयोजकत्वमा सिताराम केसी र सागर विष्ट सदस्य रहेको तिन सदस्यीय नेपाल विद्यार्थी संघ केन्द्रीय निर्वाचन समिति पनि गठन गरिएको छ।
त्यसैगरी विर्खवहादुर रावलको संयोजकत्वमा सन्तोष कट्टेल र उमा सिवाकोटी सदस्य रहेको तिन सदस्यीय केन्द्रिय अनुसासन समिति गठन गरिएको काँग्रेसले जनाएको छ। समितिमा रहेकाहरुलाई आगामी निर्वानमा उमेदवार बन्न नपाउने व्यवस्था रहेका छ भने अवको ६ महिना भित्रमा अधिवेशन गर्नु पर्ने प्रावधान रहेको छ।
समितिलाई विवादित जिल्ला तथा क्याम्पसहरुको विवाद १ महिनाभित्र मिलाई सक्नु पर्ने, सबै जिल्ला तथा क्याम्पसहरुमा दुई महिनाभित्र सदस्यता वितरण गरी केन्द्रमा नामावली पठाई सक्नु पर्ने र १४ वटै अञ्चलमा केन्द्रीय स्तरको प्रशिक्षण १ महिनामा सकिसक्नु पर्ने निर्देशन दिइएको छ। त्यसैगरी देशभरि सवै जिल्ला तथा क्याम्पसहरुमा एकैदिन अधिवेशन गर्न र एक महिना अगावै केन्द्रीय प्रतिनिधिहरुको नामावली प्रकाशन गरिसक्न पनि पार्टीले निर्देशन दिएको छ।
समिति गठन गर्दा पार्टीले जिम्मेवारी दिएको कार्यदलमै पनि विवाद भएको थियो। पार्टीका महामन्त्री प्रकाशमान सिंको संयोजकत्वको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले तदर्थ समितिका सदस्यहरुको नामावलीमा असहमति जनाउनु भएको छ।-हाम्राकुरा
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





