.
समाचार,
अन्धो प्रेममा आमाबाकै हत्या, हत्यामा प्रयोग गरिएको आँसी र चक्कुसमेत बरामद I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 23 March 2012
आफैंले जन्माएकी छोरीबाट मृत्यु होला भन्ने कसले सोचेको हुन्छ र? दैलेख, रानीवनमा भने यस्तै नसोचेको घटना भयो। घरजम गरेर कन्चनपुर गएकी निरु खड्काले माइत आएका बेला ५६ वर्षीय बाबु र ४० वर्षीया सौतेनी आमाको हत्या गरेको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न भएको भन्दै दैलेख प्रहरीले निरु र उनका प्रेमी पदम तारामीलाई पक्राउ गरेको छ। केही समयअघि माइत आएकी निरु र पदमबीचको प्रेम सम्बन्धबारे बुवा-आमाले थाहा पाएको र त्यही विषयमा भएको विवादले हत्याको रुप लिएको डिएसपी सुदर्शन थापाले बताए।
थापाका अनुसार ३० वर्षीया निरु र २२ वर्षीय पदमबीच शारीरिक सम्पर्क भएको रंगेहात फेला पारेका शक्तबहादुर शाहीसँग फागुन ३० गते निरुको झगडा भएको थियो। 'सौतेनी आमाले समेत सम्बन्धबारे थाहा पाएपछि बाहिर खुलासा हुने डरले निरुले नै हत्याको षड्यन्त्र गरेकी हुन्,' डिएसपी थापाले भने, 'यसका लागि उनले आफ्ना प्रेमीलाई समेत प्रयोग गरिन्।'
निरुले विवादलगत्तै हत्याको योजना बनाएर पदमलाई फोन गरी बोलाएको प्रहरीको भनाइ छ। घटनाको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक इन्द्र सुवेदीले चैत १ गते राति दुवैजना घरनजिकैको जंगलमा बसेका र बिहानीपख सुतिरहेका शक्तबहादुरलाई आँसीले घाँटीमा प्रहार गरी हत्या गरेको बताए।
त्यसलगत्तै भान्सामा पानी पिउन गएकी सौतेनी आमा चन्द्रादेवीलाई समेत चक्कु र आँसीले प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको हो। यसका साथै माइतबाट घडेरी दिन सहमति भइसकेको अवस्थामा सौतेनी आमाका कारण नामसारी रोकिएको विवादले पनि हत्यामा सहयोगी भूमिका खेलेको प्रहरीको अनुमान छ।
'आमा बिरामी भएर अस्पताल भर्ना भएकी छन्, यता घरमा सौतेनी आमाको लहलहैमा लागेर बुवाले दिने भनिएको घडेरी पनि दिन मानेनन्,' निरुको बयान उद्धृत गर्दै डिएसपी थापाले भने, 'यसले पनि निकै टेन्सन भएको थियो।'
यही मनमुटावबीच आफूहरुको अनैतिक सम्बन्ध थाहा पाएपछि बाहिर भन्ने डरले हत्याको योजना बनाएको निरुले बताएको थापाले जानकारी दिए। प्रहरीले घटनाको चार दिनपछि दुईजनालाई गाउँबाटै पक्राउ गरेको थियो। घटनास्थलबाट हत्यामा प्रयोग गरिएको आँसी र चक्कुसमेत बरामद गरिएको छ। उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा लगाइएको प्रहरीले जनाएको छ।कलेन्द्र सेजुवाल,नागरिकन्युज
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




