.
समाचार,
सर्वोच्चका न्यायाधिस बमलाई गोली हानियो ।
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 31 May 2012
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई आज मध्याह्नपख अज्ञात हतियारधारीले गोलि हानि गम्भीर घाइते बनाएका छन् ।
न्यायाधीश बम र उनका अंगरक्षकमाथि राजधानीको शंखमुलस्थित युनएन पार्क नजिकै करिब साढे ११ बजे कारमा रहेको अवस्थामा गोली प्रहार गरिएको हो । न्यायाधीश बम बा.८.च ९८५३ नम्बरको सेतो कारमा रहेका थिए । बमलाई च्यापु, घाँटी, हात र छातिमा गरी चार वटा लागेको जनाइएको छ भने कारको पछाडीपटि बसेका उनका अंग रक्षक महेश गिरीलाई समेत हतियारधारीले गोलि हानेका थिए । अंगरक्षक गिरीको भने घाँटीमा गोली लागेको छ ।
रातो पल्सरमा आएकाले न्यायाधिस बमलाई गोलि हानेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनास्थलमा नेपालवाद पार्टीको पर्चा भेटिएको छ । तर अहिलेसम्म घटनामा संलग्न कसैलाई पनि पक्राउ भने गर्न सकिएको छैन । पर्चामा भेटिएको नाम अहिलेसम्म कतै पनि नसुनिएको नाम हो ।
गोलि लागेका दुवै जनालाई स्थानीयले नर्भिक अस्पतालमा पुर्याएका थिए । अहिले अस्पतालमा प्रधानन्याधीश खिलराज रेग्मी नर्भिक अस्पताल पुगेका छन् भने सञ्चारकर्मी, सुरक्षाकर्मी तथा अन्य विभिन्न व्यक्तिहरुको ठूलो भीड लागेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





