.
Feature समाचार,
सुरक्षा निकायलाई "हाइ एलर्ट" मा रहन प्रधानमन्त्रीको निर्देशन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 20 May 2012
प्रधानमन्त्री डा. बावुराम भट्टराईले सुरक्षा संयन्त्रहरुलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार विहान बसेको सुरक्षा समितिको बैठमा प्रधानमन्त्रीले जेठ १४ गते र त्यसको अघिपछि हुनसक्ने घटनाका बारेमा उच्च सतर्क भएर काम गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनुभएको हो ।
सुरक्षाकर्मीलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन दिँदै प्रधानमन्त्रीले त्यसको तयारी र संरक्षण सरकारले गर्ने स्पष्ट पार्नुभयो । आईतवार बन्दकर्ताहरुले प्रेस माथि गरेको आक्रमण अत्यन्त दुरभाग्यपुर्ण भएको पनि उहाँले बताउनु भयो । कुनै पनि किसिमबाट मिडियामाथि आक्रमण हुन नपाओस् भन्दै प्रधानमन्त्रीले मिडियाकर्मीलाई पुर्ण सुरक्षा दिन निर्देशन दिनुभयो ।
आफ्नो कर्तव्य दृढतापुर्वक पालना गर्न सुरक्षाकर्मीलाई निर्देशन दिँदै प्रधानमन्त्रीले कसैले आन्दोलमा तोडफोड गर्ने र अराजक गतिविधि गर्ने काम गर्छन् भने त्यसलाई कडाईपुर्वक रोक्न आग्रह गर्नुभयो । प्रेस, मावअधिकारकर्मी, कुटनितीक नियोग माथि तोडफोड हिंसा गर्छ भने त्यसलाई गम्भीरतापुर्वक लिएर रोक्न र कारवाहि गर्न पनि आग्रह गर्नुभएको थियो ।
बन्दको क्रममा दैनिकरुपमा अतिआवस्यक वस्तुको आपुर्तिमा कमि आउन सक्ने तर्फ पनि उहाँले सचेत गराउनु भएको छ । अत्यावस्क सामान खासगरी खाद्यान, औषधि, पेट्रोलियम पदार्थ लगायतका वस्तुहरुको आपुर्तिमा कमि आउन नदिने योजना बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।
आफ्ना मागहरु राख्दा शान्ति र संविधानिर्माण प्रक्रियामा असर पुग्छकी भन्ने तर्फ पनि ध्यान दिन प्रधानमन्त्रीले आन्दोलनकर्ताहरुलाई आग्रह गर्नुभयो ।
वैठकमा गृहमन्त्री, मुख्य सचिव, गृह सचिव, रक्षा सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख नेपाली सेनाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





