.
अपराध समाचार,
आफ्नै काकाकी १६ वर्षिया छोरीलाई बलात्कार I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 20 May 2012
बारा, जेठ ८। बाराको कचोर्वा २ मा एक युवती आफ्नै दाजुबाट बलात्कृत भएकी छन् । कचोर्वा २ का २८ वर्षिय साह थरका एक युवकले आफ्नै काकाकी १६ वर्षिया छोरीलाई बलात्कार गरेका हुन् ।
घटना गत मङगलबार भएको भएपनि आइतबारमात्र सार्वजनिक भएको हो । काकाको घरमा कोही नभएको मौका छोपेर साहले बलात्कार गरेका हुन् । पीडित युवतीका बुबाले साह विरुद्ध जिल्ला प्रहरी कार्यालयमा आइतबार उजुरी गरेपछि बलात्कारको घटना प्रकाशमा आएको हो ।
पीडितको उजुरीको आधारमा प्रहरीले साहलाई आइतबार पक्राउ गरेको प्रहरी निरिक्षक रामनाथ घिमिरेले बताउनु भयो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको छ ।
बलात्कृत युवतीको जिल्ला अस्पताल कलैयामा मेडिकल चेकजाँच गराइएको र रिपोर्टमा युवती माथि बलात्कार भएको पुष्टि भएको प्रहरी निरिक्षक घिमिरेले जानकारी दिनु भयो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





