.

,

त्रकारलाई हिजो कुटाई, आज खादा र अविरले सम्मान I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
काठमाडौ, जेठ ८ – आदिवासी जनजाति संयुक्त संघर्ष समितिले गरेको बन्दका क्रममा आइतबार काठमाडौंमा नेपाली पत्रकारहरु सबैभन्दा धेरै आक्रमणमा परेका थिए । यतिधेरै पत्रकारमाथि आक्रमण भएको यो नै पहिलो थियो । नेपाली पत्रकारिताको ईतिहासमा धेरै मिडियामाथि भौतिक आक्रमण आइतबार नै भएको थियो ।

सोमबार भने बिहानैदेखि काठमाडौंको सडकमा फरक दृश्य देखियो । समाचार संकलनका लागि हिडेका पत्रकारलाई अबिर र खादा लगाएर आन्दोलनकारीले सम्मान गरेका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले बिहानै अबिर र खादाको सम्मान पाउनुभयो ।
त्यस्तै धेरै पत्रकारले बिहानैदेखि सडकमा आइतबार जस्तो आक्रमण होईन अबिर र खादाको सम्मान पाएका छन् । महासंघका अध्यक्ष गाउँलेले उज्यालोसंग भन्नुभयो ‘बिहानै अबिर र खादा लगाईदिएका छन्, तर यो सामान्य भैसकेको अवस्था होईन । हामी कसरी अगाडि बढ्ने भन्ने छलफलकै क्रममा छौं ।’

नेपाल आदिवासी जनजाति महासंघको अगुवाईमा भएको बन्दमा प्रेस माथि आक्रमण भएको भनेर चौतर्फी आलोचना भएपछि सोमबार काठमाडौंका सडकमा पत्रकारका सवारी साधन चलिरहेका छन् । ठाउँ ठाउँमा आन्दोलनकारीले पत्रकार परिचय पत्र हेरेर ससम्मान रुपमा गाडी चलाउन दिएको महासंघको दावी छ ।
तर मकवानपुर र दोलखामा भने सोमबार पनि पत्रकारका गाडीमाथि आक्रमण भएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर