.
सुचना र प्रविधि,
बर्डको गेमिङ मोबाइल सेट बजारमा I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 26 May 2012
बर्ड मोबाइलको आधिकारिक बिक्रेता ग्याजेट्स नेपाल प्रा.लिले एक्स वन भल्चर सेट(गेमिङ फोन) बजारमा ल्याएको छ। युवा वर्गलाई लक्षीत गरि बजारमा ल्याइएको यो फोनमा मुख्य विशेषताको रुपमा गेम खेल्नको लागि उपयुक्त किप्याडको सुविधा रहेको कम्पनीले जनाएको छ।
एकैसाथ डब्बल प्लेयरले गेम खेल्न मिल्ने सुविधा रहेको यो सेटमा१ जिबी सम्मको विभिन्न प्रकारको गेमहरु रहेका छन् भने डाउनलोड समेत गरेर अन्य गेम खेल्न सक्ने सुविधा रहेको छ। वाइफाइको पनि सुविधा रहेको यो सेटमा जुनसुकै बेलामा पनि वाइफाइको सुविधाबाट गेममा अनलाइन बस्ने सुविधा रहेको छ।
दुई वटा सिमकार्ड लाग्ने उक्त सेटमा अर्को विशेषताको रुपमा भिडियो च्याट को सुविधा रहेको छ । २ मेगापिक्सेल क्यामेरा रहेको उक्त सेटको अगाडी पनि क्यामेरा रहेको छ।
एमएसएन याहू फेसबुक इबडि स्काइप जस्ता नेटको सुविधा रहेको उक्त सेटमा SNAPTU एप्लिकेसन रहेको छ।
अन्य रेगुलर विशेषताको रुपमा एम प्रिथ्री/एमपिफोर/अडियो/भिडियो रेकर्डिङ्ग, ब्लुतुथ, जाभा, मोसन सेन्सर, जि.पि.आर.एस. जस्ता विभिन्न सुविधा सम्पन्न उक्त सेटमा १ जिबि इन्टरनल मेमोरी रहेको छ। भने ८ जिबि सम्म मेमोरि सपोर्ट गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीले यो सेटको खरिदमा २ जिबिको मेमोरी कार्ड निशुल्क दिइने जनाएको छ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





