.

,

३६ भाग र ३११ धाराको संविधान तयार I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


१४ जेठ, काठमाण्डौं । दलहरुबीच सहमति नभए पनि संधिवानसभा सचिवालयले ३६ भाग र ३ सय ११ धारा बनाई नयाँ संविधानको प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिएको छ । दलहरुबीच सहमति भएको सबै विषयलाई समेटेर सचिवालयको टोलीले शनिबार राती प्रारम्भिक मस्यौदा तयार पारेको खबर आजको राजधानी दैनिकले छापेको छ ।

संविधान जारी गर्ने दिन आज आईसक्दा पनि विवादित विषयममा दलहरुबीच सहमति हुन नसक्दा पनि सचिवालयको टोलीले आफ्नो काम पुरा गरी दलहरुले चाहेमा संविधान जारी हुन सक्ने अवस्था तयार पारेको स्रोतले बताएका छ ।
राजनीतिक दलहरुबीच भएको सहमतिलाई आधार मानी तयार गरिएको संविधानको मस्यौदामा संघीष्ताका विषयमध्येमा प्रदेशको संख्या, सीमांकन र नामांकन उल्लेख गरिएको छैन् ।

पहिलो स्थानमा प्रस्तावना राखी नेपालको संविधानको मस्यौदा नाम दिईएको छ । मस्यौदा १ सय ३८ पृष्ठको रहेको छ । दलहरुबीच सहमति भई मस्यौदालाई संवैधानिक समितिले विधेयकको रुपमा संविधानसभा सचिवालयमा दर्ता गरी संविधानसभा बैठकमा टेवल गरेपछि निर्णयार्थ प्रस्तुत गरी दुई तिहाईले पारित भएमा संविधान जारी हुनेछ ।

भाग १ मा प्रारम्भिक परिच्छेद, भाग २ मा नागरिकता, भाग ३ मा मौलिक हक, कर्तव्य, भाग ४ मा नीति निर्देशक सिद्धान्त, भाग ५ मा राज्यको स्वरुप र राज्य शक्तिको बाँडफाँड, भाग ६ मा संघीय कार्यपालीका, भाग ७ मा प्रादेशिक कार्यपालीका, भाग ८ मा स्थानिय कार्यपालीका र भाग ९ मा संघीय व्यवस्थापिकाको काम, कतव्य र अधिकार लगायत ३६ भाग तोकिएको छ भने अन्यमा अनुसुचि राखिएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर