.
बलिउड,
म पनि खानहरूसँग काम गर्न चाहन्छु - सोनम कपुर I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 25 May 2012
बलिउड क्षेत्रका सबै अभिनेत्रीहरु बलिउडका तीन अभिनेता खानहरुसँग काम गर्ने अवसरको खोजीमा सधै हुन्छन् । बलिउड अभिनेताहरु अमिर खान, सलमान खान शाहरुख खानसँग अभिनय गर्न पाउनुलाई सबै अभिनेत्रीहरु सम्मान रुपमा लिने गर्दछन् ।
तर बलिउड अभिनेत्री सोनम कपूरले हालै मात्र एउटा म्यागेजिनलाई दिएको अन्तर्वार्तामा उनले आफूलाई बलिउडका यी तीन खानसँग काम गर्न कुनै रुची नरहेको भनेर बलिउडलाई अचम्मित बनाएकी थिइन् । सो अन्तर्वार्ताले बलिउड क्षेत्रमा नित्याइएको विवादपछि अभिनेत्री सोनमले सो अन्तर्वार्तामा कोड गरिएको सो भनाई आफूले नभनेको भनी खण्डन गरेकी छिन् ।
सोनमले ट्विटर मार्फत् आफूले अन्तर्वार्ताको क्रममा बलिउडका खान अभिनेताहरुको बारेमा धेरै कुरा भने भएता पनि आफूले खानहरुसँग काम गर्न नचाहेको नबताएको प्रतिक्रिय दिएकी छिन् । सोनमले सो म्यागेजिनले आफ्नो भनाईलाई बङगाएर लेखेको आरोप पनि लगाएकी छिन् । सोनमले आफू पनि बलिउडका खानहरुसँग अभिनय गर्न इच्छुक रहेको काम गर्ने अवसर पाएमा आफूलाई भाग्यमानी ठान्ने बताएकी छिन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




