.
प्रवास,
कतारमा राज्यको पूर्णसंरचना र संघीयताको सवाल विषयक अन्तरक्रिया सम्पन्न I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 20 May 2012
उद्धव मगर, कतार दोहा, जेठ ८ ।
‘सम्पूर्ण प्रवासीहरु एक हौं, समयमै संविधान जारी गर, संघीयता खारिज गर, राज्यको पूर्णसंरचना र संघीयताको सवाल’ विषयक मूल नाराका साथ कतार नेपाली एकता समाजले एक अन्र्तक्रिया कार्यक्रम हालै दोहाको होटल गोल्डेन फोर्कमा सम्पत्र गरेको छ । उक्त कार्यक्रम संस्थाका कावा अध्यक्ष टुक नाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।
दोहाका विभिन्न राजनीतिक र सामाजिक संघ संस्थाका प्रतिनिधि बुद्धिजिवी र समाज सेवीहरुको वाक्लो उपस्थिति रहेको सो कार्यक्रममा गैर आवासीय नेपाली संघ कतारको महासचिव क्रान्ति सिंह, लोकतान्त्रिक मञ्चका सल्लाहकार कमलमणी गँुरा गाई, नेपाली समाजका अगुवा सागर नेपाल, जनसम्पर्क समितिका सभापति विमल सुवेदी, दाङ्ग देउखुरी सेवा समाजका अध्यक्ष गणेश बन्जाडे, रोल्पा जलजला सेवा समाजका अध्यक्ष कैलाश घर्ती मगर, प्यूठान सेवा समाजका अध्यक्ष कमल आचार्य, गुल्मी सेवा समाजका कोषाध्यक्ष बुद्धदेव पाण्डे, किरांत प्रवासी राष्ट्रिय मञ्चका विजय लावती, प्रवासी मगर संघका लिलम चिडी मगर, मुस्लिम सेवा समाजका अध्यक्ष याकुव राइन, लगायत पत्रकार बुद्धिजिवी र एकता समाजको विभिन्न एरिया इकाई समितिबाट उल्लेख्य सहभागीता रहेको थियो ।
अतिथिहरुले वोल्ने क्रममा जातीय संघीयताको खुलेर विरोध गर्दै सबैलाई मान्य हुने खालको संविधान बनाउनका लागि दवाव दिनुपर्ने धारणा राखेका थिए भने कतार नेपाली एकता समाजका वक्ताहरु चन्द्र बहादुर नेपाली, अर्जुन थापा, र हेमन्त वाईवाले भने कुनै पनि प्रकारको संघीयता नेपाल राष्ट्रको लागि पाच्य नहुने र शत प्रतिशत घातक हुने कुरा औल्याएका थिए ।
कार्यक्रम अध्यक्ष टुक नाथ शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत भाषण केन्द्रिय सदस्य सविन श्रीसले गरेका थिए ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




