.

,

दलहरुबीच कुरा नमिल्दा संविधानसभा सङ्कटमा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

काठमाण्डौ,जेठ १४ । आज जेठ १४ गते अर्थात संविधानसभाबाट संविधान जारी गर्नुपर्ने अन्तिम दिन । वि सं २०६८ मंसिर १४ मा चौथो पटक ६ महिनाको लागि थपिएको संविधानसभाको म्याद आज सकिदै छ । आज मध्य रातिसम्म पनि संविधान जारी हुन नसकेको अवस्थामा संविधानसभा र संसद स्वत विघटन हुनेछन् । संविधानसभाको म्याद सकिन करिब १५ घण्टामा मात्र बाँकी रहँदा पनि प्रमुख तीन दल र मधेसी मोर्चाबीच कुनै ठोस सहमति हुन सकेको छैन । सबैभन्दा विवादित बुँदा राज्यपुनर्संरचनाको बारेमा सहमति खोज्न गएराति अवेरसम्म दलहरुले गरेको औपचारिक तथा अनौपचारिक, आन्तरिक एवम् बहुपक्षीय वार्ताहरु पनि निष्कर्षमा नपुगी सकिएपछि दलहरुबीच सहमतिको सम्भावना कम हुँदै गएको छ ।

यद्यपी वार्तामा सहभागी नेताहरुले भने आजको मध्यरातसम्ममा कुनै सहमति हुने र अहिलेसम्मका उपलब्धीहरु संस्थागत गर्न सजिलो हुने बताउँदै आएका छन् । एकीकृत माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संघीय राज्य, ती राज्यहरुको नामाङ्कन तथा सीमाङ्कनको बारेमा मुख्य विवाद छ । काङ्ग्रेस र एमालेले संघीय राज्यको नाम र सीमा पछि तोक्नेगरी सहमति भएका बुँदालाई समाबेश गरेर संविधान जारी गर्नुपर्ने बताउँदै आएका छन् भने माओवादी र मोर्चाले नाम र सीमाको विवाद र संघीय राज्यको संख्यामा ठोस सहमति गरेर संविधान जारी गर्नुपर्नेमा अडान लिदै आएका छन् । माओवादी र मोर्चाले एकल जातिय राज्यमा अडान नछोडेका कारण कुरा मिल्न नसकेको आरोप काङ्ग्रेस र एमालेले लगाएका छन् भने माओवादी र मोर्चाले संविधानसभा विघटनको षड्यन्त्रमा नेपाली काङ्ग्रेस र एमाले लागेको बताउँदै आएका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर