.

,

बुद्ध जयन्तिको अवसरमा कोरियामा लुम्बिनीको प्रचारप्रसार I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
गुरुजु नबिन बज्राचार्य, कोरिया -

२५५६ औं बुद्ध जयन्ती उपलक्ष्यमा मे २८ तरिख कोरियाको ख्वानम बौद्ध सम्प्रदायको म्योगाक्सा गुम्बामा पहिलो पटक लुम्बिनी तथा कपिलबस्तु पूर्ण फोटो प्रदर्शनी तथा कोरियन भाषामा बनेको पहिलो लुम्बिनीको ब्रोसर वितरण गरि लुम्बिनी भ्रमण वर्ष २०१२को प्रचारप्रसार कार्यक्रम सम्पन्न भयो।

दोंग्देमूनको मुटुमा रहेको म्योगाक्सा, ख्वानम बौद्ध सम्प्रदायको हेद्क्वाटर समेत अबस्थित सो गुम्बामा सम्पन्न भएको बुद्ध जयन्ति कार्यक्रममा कोरियाका प्रतिष्ठित व्यक्तिहरु लगाएत करिब ४००जना कोरियन तथा विभिन्न देशबाट "टेम्पल स्टे"को लागि आउनु भएका भक्तजनहरुको सहभागी सो कार्यक्रम २ चरणमा बाँडिएको थियो । पहिलो चरणको कार्यक्रममा बुद्ध पुजा तथा दोस्रो चरणको कार्यक्रममा संस्कृतिक कार्यक्रम राखिएको थियो ।


बुद्ध पुजाबाट सुरु भएको बुद्ध जयन्ति कार्यक्रममा कोरियन सरकारको सांसद जंग से ग्योंग, जोंग्नो वडाका वड़ाद्यक्ष, नेपालको तर्फबाट नेपाल दुतावासको उपनियोग प्रमुख श्री राजाराम बर्तौलाज्युले शान्तिका अग्रदूत भगवान बुद्ध बिश्व शान्तिको लागि यस धर्तिमा आउनु भएको स्मरण गर्दै उहाँले यस धर्तिमा पाईला टेक्नु भएको उद्देश्यलाई हृदयदेखि मनन गर्न आग्रह गर्दै शुभकामना मन्तव्य दिनु भएको थियो । उद्घोषक यो यो भिक्षुले उद्घोषण गर्ने क्रममा पटक पटक बुद्धको जन्म भुमि इंडिया नभई नेपाल रहेको कुरालाई जोड दिनु भएको थियो र सम्पूर्ण सहभागी भक्तजनहरुलाई लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया उपसमिति लुम्बिनीको फोटोहरुको दर्शन गरी लुम्बिनीको महत्त्व बुझ्न र एकपटक जसरी भएपनि यस महान ठाउँको भ्रमण गर्न आग्रह गर्नु भएको थियो ।



अन्तमा बुद्ध जयन्तिको उपलक्ष्यमा प्रबचन दिनु हुँदै ख्वानम बौद्ध सम्प्रदायका अध्यक्ष तथा म्योगाक्सा गुम्बाका प्रमुख आदरणीय गुरु होंग फा ज्युले आफु शाक्यमुनि बुद्ध जस्तो महान व्यक्तिको जन्म भएको नेपाल लुम्बिनीमा १० वर्ष अगाडी गएको र यस वर्ष पनि नेपाल लुम्बिनीको भ्रमण गर्ने उद्देश्य रहेको कुरा भन्नु भयो र नेपाल राजदुतावास उपनियोग प्रमुखलाई बुद्धको शिष्य सारी बुद्ध संग पनि तुलना गर्दै अन्तमा फेरी पनि सम्पूर्ण भक्तजनहरुलाई नेपालमा रहेको अत्यन्त सुन्दर लुम्बिनी बनमा भगवान बुद्धको जन्म भएको र यस ठाउंको भ्रमण गरेर बुद्ध जन्मेको त्यो क्षणलाई अनुभव गर्नुहुन अनुरोध गर्नु भयो ।


कार्यक्रमको अन्तमा सबै सहभागीहरुले बुद्धको बालक मुर्तिलाई स्नान गराई कोरियामा कार्यरत नेपाली काष्ठ कलाकार श्री चन्द्रमान बाराहीज्युले तयार पार्नु भएको बुद्ध जन्मिएको दृश्य कुँदिएको काष्ठ मुर्तिको दर्शन गरेर पहिलो चरणको कार्यक्रम समाप्त गरिएको थियो ।कार्यक्रमको द्वोस्रो चरणको पहिलो सुरुवातमा नै लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया उपसमितिले तयार पारेको मायादेवी मन्दिरको तस्वीरलाई नेपालीहरु सबैको उपस्थितिमा उपनियोग प्रमुख श्री राजाराम बर्तौलाज्यु र लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया उपसमिति संयोजक गुरुजु नबिन बज्राचार्यज्युले म्योगाक्साका प्रमुख गुरु होंग फाज्युलाई हस्तान्तरण गर्नु भएको थियो ।

हस्तान्तरण गर्ने क्रममा उपनियोग प्रमुखज्युले मायादेवी मन्दिरको बारेमा छोटो जानकारी अबगत गराउनु भएको थियो भने म्योगाक्साका सजिव उद्घोषक यो यो भिक्षुज्युले बुद्धले पहिलो पटक पहिला टेकेको मार्कर स्टोनलाई संरक्षण गरेर राखेको लुम्बिनी मायादेवीको फोटोको प्राप्तिले म्योगाक्सालाई लुम्बिनी कै स्तरमा पुर्याएको र गएको वर्ष बुद्ध जन्मेको देश इंडिया भन्दै प्रचार गर्दै आएकोमा यसपालीको लुम्बिनी फोटो प्रदर्शनीले प्रष्ट रुपमा आफुहरु गलत भएको र आगामी दिनमा बुद्धको जन्मभूमि लुम्बिनी नेपाल भनेर प्रचार गर्नेछौं भनेर भन्नु भयो ।

सो कार्यक्रमलाई ओबियेस च्यानल लगाएत अन्य संचार मध्यमले प्रमुखताका साथ चिरहेका थिए । सो कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया उपसमितिका सल्लाहकारहरु श्री रमेश श्रेष्ठ तथा श्री प्रकाश लामा साथै सोहि उपसमितिका सदस्य श्री निर्मल महर्जन तथा श्री सुनिल महर्जन, लक्ष्मी मार्टका प्रोप्राईटर लक्ष्मी लामा लगायत अन्य नेपाली साथीहरुको धेरै उपस्थिति थियो ।



(प्रदर्शनी लुम्बिनी फोटो श्रोत : श्री सानु राजा बज्राचार्य तथा श्रीज्ञानीन राई ; प्रोग्राम फोटो : श्री निर्मल महर्जन)

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर