.
Feature समाचार,
पाँचौ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाईंदै I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 28 May 2012
काठमाडौ, जेठ १६– पाँचौ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मंगलवार मनाईंदैछ । सन् १९५३ मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा सरकारले गएको पाँच वर्षदेखि मे २९ तारिखलाई सगरमाथा दिवसका रूपमा मनाउँदै आएको छ ।
सगरमाथा दिवसको अवसरमा पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र पर्यटनसंग सम्बद्ध संघ संस्थाको सहभागीतामा अहिले काठमाडौमा पदयात्रा गरिंदैछ । यस्तै दिउँसो पर्यटन बोर्डमा विशेष कार्यक्रम हुँदैछ ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा होटल व्यवसायीहरुले अन्तर्राष्ट्रिय सगरमाथा आरोहीलाई तारे होटलहरुमा निःशुल्क खाने बस्ने व्यवस्था गर्ने भएका छन् । सगरमाथा आरोहीलाई दुई जनाका लागि हुने गरी गिफ्ट भौचर दिईने र त्यसका आधारमा आरोहीले कुनै पनि तारे होटलबाट वर्षभरीमा एक दिन निःशुल्क सुविधा लिन सक्ने होटल एशोशिएसन अफ नेपाल हानका कार्यकारी निर्देशक माधवओम श्रेष्ठले जानकारी दिनुभयो ।
सगरमाथा आरोहणको झण्डै ६ दशकको ईतिहासमा झण्डै ५ हजार आरोहीले सगरमाथा आरोहण गरेका छन् । यसवर्ष पनि सगरमाथा शिखरमा पुग्नेको संख्या झण्डै ४ सय छ । आरोहण सुरु भएदेखि हालसम्म २ सय १० आरोहीले ज्यान गुमाइसकेका छन् । सगरमाथा आरोहणमा थुप्रैखाले कीर्तिमानहरु पनि कायम भएका भएका छन् ।
नेपाली आरोही आप्पा शेर्पाले २१ पल्ट सगरमाथा आरोहण गरेर सबैभन्दा बढीपल्ट आरोहणको विश्व कीर्तिमान कायम गर्नुभएको छ । सगरमाथा आरोहण र किर्तिमान राख्ने होडमा सगरमाथामा फोहर बढ्दै गएपछि सगरमाथाको सौन्दर्य र अस्तित्वमा संकट उत्पन्न हुन थालेको भन्दै संरक्षणविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।
यस्तै विश्वव्यापी तापक्रम बृद्धिको असरका कारण हिउँ पग्लिने क्रम बढ्दै गएकाले सगरमाथा लगायत हिमाली क्षेत्रमा परेको नकारात्मक असरका बारेमा सम्बद्ध सबैले ध्यान दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् । जलवायु परिवर्तनका कारण हावा–हुरी र हिउँपहिरोका कारण यसवर्ष जोखिम बढी भएको आरोहीहरुले बताएका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





