.
समाचार,
काभ्रे तिमालका महिलाहरु गाउँमा परिवर्तन अभियानमा I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 29 May 2012
काभे्रपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रका महिलाहरु आयमूलक पेसामा संग्लन हुन थालेपछि गाउँमा परिवर्तनको लहर छाएको छ । ७ गाविसमा गठन गरिका ६३ वटा आमा समूहमा आवद्ध महिलाहरु विभिन्न आयमूलक पेसामा अघि बड्न थालेका हुन् ।
तिमालका पोखरी नारायणस्थान, बोल्देफेदिचे, सरमथली, सस्र्यूखर्क, चापाखोरी, मेच्छे र ठूलोपर्सेल गाविसका महिलाहरु विभिन्न आयमूलक पेसाबाट आफ्नो दैनिक खर्च आफै जुटाउन थालेका छन् ।
विकास नेपाल नामक गैरसकारी संस्थाले महिलाहरुलाई आत्मनिर्भरता बनाउने उद्देश्यले आयमूलक सीप र तालिम प्रदान गरेपछि महिलाहरुले अहिले गाउँमा आफ्नै सक्रियतामा मैनबत्ती बनाउने, सिलाई बुनाई, बाखा्रपालन, कुखुरापालन, आर्गेनिक तरकारी, फलफूल उत्पादन, सजावटका सामग्री निर्माणलगायत व्यवसाय गरी आम्दानी लिन थालेका छन् ।
तर यसरी समूहमा आवद्ध भएर उत्पादन गरेका विभिन्न सामग्रीले बजार पाउन नसकेको स्थानीयबासिन्दा निर्मला लामाले बताउनुभयो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




