.
Feature समाचार,
प्रधानमन्त्रीको सहमति गर्ने प्रयासमा, शीर्ष नेतासंग भेटघाट I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 31 May 2012
काठमाडौँ, जेठ १८- जेठ १४ गते मध्यरात संविधान सभा भंग भएपछि कङ्ग्रेस-एमाले र माओवादीबीच कुनै औपचारिक वार्ता हुननसकेको परिस्थितिमा राजनीतिक सहमतिको लागि प्रधानमन्त्री बाबुराम भट्टराईले प्रयास थालेका छन्।
प्रधानमन्त्री भट्टराईले त्यसै क्रममा आज राति ७ बजे एमाले अध्यक्ष झलनाथ खनालसित उनको डल्लुस्थित निवासमा भेटेका छन्।
भट्टराईका स्वकीय सचिव विश्वदीप पान्डेका अनुसार आजै प्रधानमन्त्रीले नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालासित पनि फोनमा वार्ता गरेका छन्।
त्यसैगरी आजै बिहान राष्ट्रपति रामवरण यादवलाई भेटी प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयको वक्तव्यलाई आफूले सकारात्मक रुपमा लिएको बताएको पान्डेले जनाए।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





