.

,

प्रचण्डलाई राजेश हमालको बधाई I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

काठमाडौं, जेठ १५ - सैनिक मञ्च टुडिखेलमा सोमबार नेताहरुको अनुपस्थितीले गणतन्त्र दिवस समारोहको कार्यक्रम नै खल्लो बनायो । तर दिउँसो शितल निवासमा भएको चियापान कार्यक्रममा नेता, कलाकार, विदेशी कुटनितिक नियोगका प्रमुखहरु, सेना प्रहरी लगायत थुप्रैको उपस्थिती थियो ।

आइतबार मात्र संविधान जारी गर्न नसकेर संविधानसभा नै भंग भएपछि नेताहरुको अनुहारले भित्री मन खुशि थिएन भन्ने बुझ्न कुनै कठिनाई थिएन । शितल निवासमा नेताहरुका लागि छुट्टै पालको व्यवस्था थियो । त्यही पालमुनि खाली कुसी खोज्दै बस्दै थिए । शिर्ष नेताहरुको मौनता भंग गर्दै अरु नेता संविधानसभा भंग भएको विषयलाई लिएर जिस्क्याई रहेका थिए । कहिले हाकु पटासु त कहिले टिसर्ट र प्यान्टमा झुल्किने प्रधानमन्त्री पत्नी हिसिला यमीले पहिरेको राटो साडीको विषय पनि चर्चाको विषय थियो ।

छेवैमा रहेका एमाले नेता अग्नि खरेल जिस्क्याउँदै माओवादी अध्यक्ष प्रचण्डलाई भन्दै हुनुहुनुहुन्थ्यो ‘उहाँ चाँही हिसिला जि ।’ प्रचण्डको छोटो जवाफ थियो ‘अरु बेला त चिन्दैन थिए होला । तर आज त लाजिम्पाटबाट संगै आएकोले चिन्छु ।’

अर्का नेताले भने ‘तपाईको त पत्रकार सम्मेलन पनि छ क्यार ? कति बजे हो ?’ पाँच बजे भनेर प्रचण्डको जवाफ आउन नभ्याउँदै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भन्नुभयो ‘ए... तपाईको पत्रकार सम्मेलनका बारेमा मलाई सबै थाहा छ । बाबुराम जिकै सरकारलाई निरन्तरता दिनु पर्छ । सबैलाई यही सरकारमा आउन आग्रह गर्छु भन्ने त हो नि होइन ?’ प्रचण्ड खित्त्खित्त गर्दै हाँसेर माधवकुमार नेपालको तिघ्रामा धाप मार्नुभयो ।
पाँच बजे पत्रकार सम्मेलनको आयोजना गरेका प्रचण्ड चिया र नास्ता लिन जाँदै गर्दा बाटोमा नायक राजेश हमालसँग भेट भयो । हमालसँगै अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापा र मेगा बैंकका सिईओ अनिल शाह पनि हुनुहुन्थ्यो । प्रचण्डले झ्याप्पै हात मिलाई हाल्नुभयो उहाँहरुसँग ।
हात मिलाउँदै राजेश हमालले प्रचण्डलाई बधाई पनि दिनुभयो । हमालको बधाई निक्कै ब्याङग्यात्मक थियो । हात मिलाउँदै हमालले भन्नुभयो ‘यो बधाई संविधान नबनाई संविधानसभा भंग भएर दिएको चाँही नठान्नुहोला, यो वधाई त तपाईका छोरा प्रकाशले सगरमाथा चढेकोमा दिएको हो ।’ नायक हमालले प्रकाशलाई पनि वधाई सुनाई दिन भने पछि प्रचण्ड पनि हवस् हवस भन्दै हाँस्दै चिया लिन जानुभयो।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर