.
सुचना र प्रविधि,
पाकिस्तानमा फेसबुक विरुद्ध मुद्दा दायर I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 23 May 2012
विभिन्न आपत्तिजनक सामाग्री प्रकाशन गरेको भन्दै पाकिस्तान प्रहरीले सामाजिक संजाल फेसबुक विरुद्ध मुद्दा दायर गरेको छ । इस्लामावादस्थित मर्गाला प्रहरी चौकीले फेसबुक सहित विभिन्न ३ वटा वेबसाइट विरुद्ध आपराध नियन्त्रण संहिताको धारा २९५ र २९८ अन्तरगत मुद्धा दायर गरेको हो।
नामूस इ रिस्लात कानुनविद फोरमको उजुरीका आधारमा अतिरिक्त न्यायाधिश कमरान बसारत मुफ्तीको आदेश बमोजिम प्रहरीले मुद्दा दर्ता गरेको बताइएको छ ।
इस्लामिक कानुनविद फोरमले यसअघि पनि फेसबुक र अन्य केही वेबसाइटका आपत्तिजनक सामाग्रीहरुका विषयमा प्रहरी र पाकिस्तान टेलिकममा निवेदन दिएका भएपनि कारवाही अघि नबढाएपछि अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिट बमोजिम अतिरिक्त न्यायाधिश मुफतीले प्रहरीलाई मुद्दा दर्ता गर्न निर्देशन दिएका हुन् । सोही बमोजिम प्रहरीले मुद्धा दर्ता गरी कारवाही अघि बढाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





