.

,

म्याद थपबारे कांग्रेसमा चर्को विवाद I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
संविधानसभाको म्याद थपको विषयमा कांग्रेसभित्र विवाद भएको छ । संस्थापन पक्ष म्याद थपको विपक्षमा रहेपनि देउवा पक्ष भने म्याद थप गर्ने पक्षमा देखिएको छ । म्याद थपबारे आधिकारिक धारणा बनाउन बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक देउवा पक्षले वहिष्कार गरेको छ । देउवा पक्ष अहिले छुट्टै आन्तरिक छलफलमा जुटेको छ ।
देउवा पक्षका केन्द्रिय सदस्य र सभासद सिंहदरबारमा संसदीय दलको कार्यालयमा छलफलमा जुटेका छन् । संस्थापन पक्षले संविधानसभाको म्याद थपको प्रस्ताव स्विकार्न नसकिने बताएपनि शेरवहादुर देउवा पक्ष भने म्याद थपको पक्षमा देखिएको छ ।
संविधानसभाको समय थप गर्ने प्रस्तावप्रति असहमति जनाउदै काँग्रेस सभासद राधेश्याम अधिकारीले बुधबार बिहान पदबाट राजीनामा दिनुभएको थियो ।

यसैबीच नेपाली कांग्रेसका युवा नेताहरुले तत्काल सरकारबाट फिर्ता हुन नेतृत्वलाई आग्रह गरेका छन् । प्रेस युनियनको २१ औँ स्थापना दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा कांगे्रस नेता शेखर कोइरालाले पार्टी निर्णय विपरित माओवादीले संविधानसभाको म्याद थप गर्ने प्रस्ताव दर्ता गरेकाले सरकारमा वस्नु नहुने बताउनुभयो ।
अहिले चारैतिरबाट काँग्रेसलाई संघीयताको विरोधीका रुपमा चित्रण गर्न खोजिएकोमा कोइरालाले आपत्ति जनाउनुभयो । अर्का नेता गगन थापाले अझै सरकारमा बसिरहे कांग्रेसको भविष्य नहुने धारणा राख्नुभयो ।
स्थापना देखिनै जातजाती र भाषाभाषीको उत्थानमा लागेको कांग्रेसलाई अहिले त्यसको विरोधीका रुपमा चित्रण गरिएकोप्रति थापाले पनि आपत्ति जनाउनुभयो । काँग्रेसलाई सिध्याउन काँग्रेसभित्रकै मान्छे परिचालन गरिएको हुनसक्ने उहाको आशंका छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर