.
Feature समाचार,
माओवादी फुट्ने लगभग निश्चित,जेठ २५ गते बैद्य पक्षको राष्ट्रिय भेला I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 31 May 2012
काठमाडौ, जेठ १८ । लामो समयदेखि समानान्तर रुपमा पार्टी सञ्चालन गर्दै आएको एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरण समूहले राष्ट्रिय भेलाको आब्हान गरेको छ ।
आज पार्टीको नेवा राज्य समितिको कार्यालयमा बसेको बैठकले आगामि जेठ २५ गते राष्ट्रिय भेला आब्हान गर्ने निर्णय गरेको हो ।
'शान्ति संविधानका कार्यनीति सफल हुन सकेन, मुल नेतृत्वको कारण असफल भएको हो,' कुपन्डोलमा बिहीबार बसेको वैद्यपक्षीय केन्द्रीय समिति बैठकपछि पोलिट्ब्युरो सदस्य पम्फा भूसालले भनिन् । उनले अध्यक्ष पुष्पकमल दाहालले जनतासामू माफी माग्नुपर्ने बताइन् ।
वैद्य पक्षीय भेलाले पार्टी एकता क्षीण हुँदै गएको निष्कर्ष निकालेको भूसालले जानकारी दिइन् । उसले नयाँ पार्टी बनाउने तयारीस्वरुप जेठ २५ गते राष्ट्रिय भेला बोलाएको छ ।
संस्थापन समूहले बिहीबार नै पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बोलाएको केन्द्रीय समिति बैठक भने स्थगित भएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





