.
विश्व,
लाइवेरियाका पूर्व राष्ट्रपतिलाई युद्ध अपराधका लागि ५० वर्षको सजाय I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 31 May 2012
लिड्स्केन्डाम (नेदरल्यान्ड) जेठ १८,(एजेन्सी)-अन्तर्राष्ट्रिय युद्ध अपराध हेर्ने अदालतले लाइवेरियाका पूर्व राष्ट्रपति चार्ल्स टेलरलाई युद्ध अपराधका लागि ५० वर्षको जेल सजाय सुनाएको छ।
सिएरा लोनमाथि गठित हेगको अन्तर्राष्ट्रिय अदालतमा छ वर्षसम्म चलेको वहसपछि उनलाई बुधबार यो सजाय सुनाइएको हो।
टेलरले छिमेकी सिएरालोनमा विद्रोहलाई नैतिक समर्थनकासाथै हतियार पनि उपलब्ध गराएको आरोप छ।
त्यसक्रममा त्यहाँ हजारौँको ज्यान गएको थियो। न्यायाधीसले टेलरलाई मानव इतिहासको जघन्य अपराधमध्ये एक भएको बताएको छ। दोस्रो विश्वयुद्धपछि टेलर युद्ध अपराधका लागि सजाय पाउने पहिलो पूर्व राष्ट्रअध्यक्ष हुन्। सन् २००२मा समाप्त भएको त्यो दसक लामो गृह युद्धमा ५० हजारभन्दा बढीको ज्यान गएको थियो।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





