.

,

बन्दको विरोधमा बुधबार वृहद राष्ट्रिय सदभाव सभा गरिने I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

८ जेठ, काठमाडौं । संघीयतासम्वन्धि माग राख्दै विभिन्न समूहबाट लगातार भइरहेको बन्दको विरोधमा बुधबार राजधानीसहित देशभर बुधबार वृहद राष्ट्रिय सद्भाव सभा गरिने भएको छ । बन्दका क्रममा सामाजिक सद्भाव खलबल्याउने गतिविधि समेत हुन थालेकाले राष्ट्रिय सद्भाव सभाको आयोजना गर्न लागिएको नेपाल नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
महासंघको अगुवाईमा नेपाल चेम्वर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघ, हिसान्, प्याव्सन, एन प्याव्सन, नेपाल पत्रकार महासंघ, मिडिया सोसाइटी, टेलिभिजन वोडकाष्टर्ड नेपाल, नेपाल वार एशोसिएशन, होटल एशोसिएशन अफ नेपाल, मारवाडी सेवा समिति, नेपाल मानव अधिकार संघ, नेपाल मानव अधिकार संगठन, इन्जिनियर्स एसोसिएसन, मेडिकल एसोसिएसन, नेपाल प्राध्यापक संघ, म्यानेजमेन्ट एसोसिएसन नेपाल, गरिखान देउ, समृद्धि फाउन्डेशन लगायतका अन्य संघ संस्थाहरुको सहभागितामा रहनेछ ।

शान्ति र सद्भाव र समृद्धिप्रति प्रतिवद्धता जाहेर गर्दै द्विप प्रज्वलित गरौं भन्ने मुल नारा सहित हुन लागेको सभा सांझ ५ बजे वसन्तुरमा हुने छ । भेलामा सहभागीहरुले सेतो कमिज, टि सर्ट लगाई राष्ट्रिय झण्डा र मैनवत्ति हातमा बोक्ने छन् । सभामा “बन्दलाई बन्द गरौं”, “समयमा संविधान देऊ”, “शान्ति, सद्भाव र समृद्धि”, “राष्ट्रिय एकता र सद्भाव कायम” गरौं जस्ता नारा अंकित व्यानरहरु राखिने छन् । सभा पश्चात सहभागीहरुबाट वसन्तपुर डवलीमा शान्ति र सद्भावको कामना सहित द्विप प्रज्वलन गर्ने कार्यक्रम रहेको उद्योग बाणिज्य महासंघले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर