.
Feature समाचार,
इजरायलका लागि नवनियुक्त नेपाली राजदुत प्रल्हाद कुमार प्रसाईद्वारा कार्यभार ग्रहण I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 21 May 2012
पुष्प श्रेष्ठ
हाल इजरायल, तेलअभिव
नेपाली दुताबास इजरायलमा नयाँ राजदुतका रुपमा महामयिम राजदुत श्री प्रल्हाद कुमार प्रसाई आप्नो कार्यभार सम्हाल्न गत साता इजरायल आईपुग्नु भएकेा छ । बिगत लामेा समयदेखि इजरायलका लागि नयाँ रादुतको रुपमा नेपाल सरकारले महामयिम दुतकेा रुपमा प्रसाईलाइ नियुक्त गरेकेा भए पनि इजरायलका लागी महामयिम राजदुत बैजनाथ थपलियाकेा स्वास्थ्य स्थिती कमजोर भई उपचारकेा क्रममा इजरायलमानै केही समय रहनु भएकाले उहाँले इजरायल आइ आप्नेा कार्यभार सम्हाल्न पाई राख्नु भएकेा थिएन ।
गत ४ मे २०१२ मा भुतपुर्व महामयिम राजदुत श्री बैजनाथ थपलिया नेपाल फर्कनु भए पछि आप्नो कार्यभार सम्हाल्न महामयिम राजदुत श्री प्रल्हाद कुमार प्रसाई १७ मे २०१२ मा इजरायल आइपुग्नु भएको नेपाली दुताबास इजरायलले जनाएकेा छ । भुतपुर्व हामयिम राजदुत बैजनाथ थपलियाको स्वास्थ्य स्थिति कमजोर भै अधिकाँस समय उपचारमा रहनु पर्ने भएकेाले कतिपय नेपाल सरकार र इजरायल सरकार बिचकेा कार्यक्रमहरु लाई उहाँले सकि्रयरुपमा अगाडी बढाउन सकिराख्नु भएकेा थिएन । अबका दिनहरुमा नयाँ दुतको इजरायल प्रबेश सँगै सम्पुर्णा नेपाली कामदारहरुले शुखददिनको आशा गरेका छन् ।
नेपाली कामदारहरुकेा सुरक्षित गन्तब्यकेा रुपमा रहेकेा मध्यपुर्व इजरायलमा बिगत लामो समय देखि नेपाली कामदारहरुकेा माग प्राय बन्द रहेका अबस्थामा छ । सयौ नेपालीहरुले इजरायल आउने प्रायस स्वरुप लाखैा रुपैया नेपाली म्यानपावर कम्पनी सँगै दलालीहरु मार्फत फसाइरहेका छन् । अझ पनि ठगिने क्रम जारी छ । हल्लै हल्लाकेा पछि लागेर आप्ना आपन्तहरुलाई इजरायल पठाउने बहानामा कतिको घरबार भताभुङ्ग भै सकेको यथार्थ सबै सामु छर्लङ्ग भैसको अबस्थासँगै नयाँ राजदुतकेा इजरायल आगमन सँगै यस्ता गलत कार्यहरुकेा बन्देज सँगै नेपाली दुताबास इजरायलले आप्नेा सक्रियता बढाउने छ र नेपाली दुताबास इजरायल र नेपाली कामदार बिचमा रहेको दुरी कम हुने आशा गरेका छन् ।
२०३९ साल देखि नेपाल सरकार अन्तर्गत परराष्ट मन्त्रालयमा रही बिभिन्न राष्ट्रहरुका मस्को, लन्डन, बर्लीन लगायत अन्य स्थानहरुमा कुटनीतिक मिसन सम्हाली सक्नु भएका महामयिम राजदुत श्री प्रल्हाद कुमार प्रसाईको इजरायल बसाइ र कार्य सफलताको नेपाली कामदारहरुबाट शुभकामना कामना समेत ब्यक्त गरेका छन् । महामयिम राजदुतज्युबाट केही दिनमा नै इजरायली राष्टपति सामु आप्नो ओहदाको प्रमाण पत्र पेश र्गेन नेपाली दुताबास इजरायलले जनाएको छ । उहाँसँगै उहाँकी धर्म पत्नी सिता प्रसाई पनि इजरायल आइपुग्नु भएको दुताबास श्रोतले बताएकेा छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





