.
Feature समाचार,
प्रधानमन्त्रीले सम्बोधन गर्ने I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 27 May 2012
१४ जेठ, काठमाडौ । दलहरूबिच संविधान सहमति नबन्दा संविधानसभा विघटन हुने सम्भावना बढेर गएको छ । दलहरुको बिचमा संविधानसभाको मुख्य विवादित विषय संघियताका विषयमा आज बसेको निर्णयक बैठक पनि उपलब्धी हिन भएपछी संविधान जारी नहुने र संविधानसभा विघटन हुने लगभग निश्चित प्राय भएको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पौने १२ बजे जनताका नाममा सम्बोधन गर्ने तयारी गरिरहेको बताइएको छ । माओवादी अध्यक्षले संविधानसभाबाट संविधान नआउने बताएका छन। उनले अवको विकल्प संकटकाल वा रुपान्तरित संसद हुन सक्ने बताएका छन् । अव केही छिनमा माओवादी स्थायी समितिको वैठक बस्दैछ। संकटकाल लगाउने विकल्पबारे दलहरुबीच भएको छलफलमा काङ्ग्रेस नेता शेरबहादुर देउवा सहमत भए पनि अर्का नेता रामचन्द्र पौडेल असहमत भएको र उनको अडानमा एमालेले पनि साथ दिएको स्रोतले बताएको छ । संविधानसभामा रहेका मधेषी सभाषद्हरूले शीर्ष नेताहरूविरूद्ध चर्को नाराबाजी थालेका छन् । मन्त्रीपरिषद्को बैठक अहिले बसिरहेको छ । बैठकमा वर्तमान राजनीतिक परिस्थिति तथा संविधानसभा विघटनपछीको अवस्थाका बारेमा छलफल हुने बताइएको छ । मन्त्री दिनानाथ शर्माले सरकारले संकटकालका बारेमा कुनै छलफल नभएको बताएका छन् । उनले यो समाचार निराधार भएको बताएका छन् । संविधानसभाका सभाध्यक्षको कार्यालयमा तीन दल र मधेषी मोर्चाको बैठक सुरू । सहमतिको अन्तिम प्रयास गरिने लागेको नेताहरूको भनाई । उक्त बैठकमा जेठ १४ पछी के गर्ने भन्ने विषयमा पनि छलफल हुने । वैद्य पक्षिय नेता सिपी गजुरेलले पार्टी अध्क्षय प्रचण्डले अब पार्टी हाक्न नसक्ने बताएका छन् । उनले पत्रकारहरूले आफूलाई संविधान लेखनमा बाधा पुर्याएको आरोप लगाउने गरेको स्मरण गर्दै आखिर को रहेछ त संविधानको मुख्य विरोधी थाहा पाउनुभयो होला नि भनि प्रश्न गरेका छन।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





