.

,

एमाले र काग्रेसलाई संघीयता विरोधी भएको आरोप लगाउँदै उनीहरु विरुद्ध भण्डाफोर I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
काठमाडौं जेठ १८ । माओवादी, काग्रेस र एमालेसहित विभिन्न राजनीतिक दलहरुमारहेका आदिबासी जनजाती नेताहरुले एमाले र काग्रेसलाई संघीयता विरोधी भएको आरोप लगाउँदै उनीहरु विरुद्ध भण्डाफोर अभियान सन्चालन गर्ने घोषणा गरेका छन् ।
उनीहरुले आफूलाई लोकतान्त्रिक भन्ने काग्रेस र एमालेभित्रका संघीयता विरोधी तत्वहरले सभासदहरुलाई बन्धक बनाएको आरोप लगाउँदै उनीहरुलाई सार्वभौम अधिकारको प्रयोग तथा उचित भूमिका खेल्नबाट बन्चित गराउँदै पहिचान सहितको संघीयताको पक्षमा रहेका संविधानसभाका दुई तिहाई सदस्यहरुको अभिमतलाई निषेध गरेको आरोप लगाएका हुन ।

आदीबासी जनजाती नेताहरुले संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समिति गठन गरेर बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर संविधानसभा विघटनको मूल कारक तत्वहरु संघीयता विरोधी र वर्तमान जातीय अग्राधिकारसहितको जातीय राज्य कायम राख्न चाहने उच्च जातीय अहङकारवादीहरुप्रति लिम्बुवान संघर्ष समिति भएको भन्दै उनीहरुप्रति घोर भत्र्सना सहित संविधानसभा विघटन सार्वभौम नेपाली जनताप्रतिको घोर अपमान भएको ठहर गरी सबैले विरोध गरेर जनतामा सम्मन जाहेर गरौं जस्ता ८ सुत्रीय धारणा सार्वजनिक गरेको छ । संघर्ष समितिले नेपालको राजनीतिक इतिहासमा २०६९ जेठ १४ आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित र पिछडिएका क्षेत्रका लागि कालो दिनको रुपमा लिने निश्कर्ष निकालेको छ ।

संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिका संयोजक तथा एमालेका पोलिटब्युरो सदस्य विजय सुब्बाले देशका साम्प्रदायिक नेताहरुले आप्mनै सहकर्मिहरु माथी घात गरेको आरोप लगाए । उनले भने– संघीयता विरोधीहरु अपराधीहरु हुन्, उनीहरुले हामीलाई हत्या गर्ने प्रयास गरेका छन्, हाम्रो विरुद्धमा लाग्ने दलका नेताहरुलाई नेता किन भन्ने । संयोजक सुब्बाले संघीयतामाथि घात–प्रतिघात गर्ने पार्टी एमालेमा म बसिरहनुको औचित्य छैन, म बस्दिन पनि जनताले चुनावमा भोट माग्न जाँदा त्यस्ता नेताहरुको गालामा थप्पड हान्ने ठोकुवा गरे। उनले सभाध्यक्षले समयमै संविधानसभाको बैठक बोलाई दिएको भए यस्तो अवस्था आउने थिएन, उनी पनि संघीयता विरोधीसँग साँठगाँठ गरेको आरोप लगाए । पत्रकार सम्मेलनमा एमाओवादीका केन्द्रीय सदस्य धर्मचन्द्र लावतीले लिम्बुवान क्षेत्रका जातीय संघीयता ल्याएरै छाड्ने ठोकुवा गरे ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर