.

,

कोरियाका लागि नवनियुक्त राजदुत लामालाई जनजाती महासंघ लगायतका संस्थाहरुद्वारा भव्य स्वागत I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
जेठ १७,दक्षिण कोरिया । दक्षिण कोरियाका लागि नव नियुक्त राजदुत कमान सिंह लामालाई नेपाल आदिवासी जनजाती महासंघ, गणतन्त्र कोरिया र यसका आधार संगठनहरु नेपाल मगर संघ,किराँत राइ यायोख्खा,किराँत याक्थुंग चुम्लुंग,थकाली सेवा समाज र नेवा पुंच: कोरियाले एक संयुक्त कार्यक्रम गरि भव्य स्वागत गरेका छन्।

राजदुत लामाको सम्मानमा गरिएको "स्वागत तथा शुभकामना" कार्यक्रम मे २६ तारिख शनिवार बेलुका दोंग्देमुन स्थित पूजा-२ रेस्टुरेन्टमा गरिएको थियो।
कार्यक्रममा चार वर्षे कार्यकालको सफलताको कामना गर्दै राजदुत लामालाई आयोजक संस्थाहरुका प्रमुखहरुले पुष्प गुच्छा र खाडा ओढाई स्वागत गरेका थिए। आयोजकहरुले कोरियामा रहेका नेपालीहरुको समस्याहरु पनि राजदुत समक्ष जानकारी गराएका थिए।
स्वागत तथा शुभकामना ग्रहण पश्चात कार्यक्रममा बोल्दै राजदुत लामाले आफु नेपालको प्रतिनिधित्व गरेर आएकोले सबैलाई साझा दृष्टिकोणले हेर्ने बताए। कोरियामा रहेका बहुजातीय नेपालीहरुको चाड पर्वलाई मध्ये नजर गर्दै दुतावास मार्फत सक्दो आर्थिक सहयोग गर्ने पनि आश्वासन दिए। कार्यक्रम जनजाती महासंघका कार्य वाहक अध्यक्ष भक्त शेरचनको सभापतित्वमा महासचिव यम श्रीस मगरले संचालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष मुकुन्द राइले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रमका केहि झलक :



तश्विर सौजन्य : यम श्रीस मगर

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर