.
समाचार,
बर्दिवासका कैदीको दुखदायी पीडा I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 29 May 2012
महोत्तरी कारागार शाखामा कैदीबन्दी बिरामी हुने क्रम निकै बढेको छ । अहिले ३७ महिला, सात आश्रित बालबालिका सहित ३८४ जना कैदीबन्दी रहेको कारागारमा दिनहुँ २०–२५ जनालाई उपचारका लागि अस्पताल पु¥याइरहनुपरेको कारागार प्रशासनले जनाएको छ ।
कारागारमा खाँदाखाँद भएर बस्नुपर्ने र नुहाइ–धुवाइ तथा शौचालयको प्रयोगमा घन्टौँ पालो कुर्नुपर्ने भएपछि प्रचण्ड गर्मीको मौसममा बिरामी हुने क्रम बढेको कैदीबन्दीको भनाइ छ । कारागारमा १३५ जना कैदीबन्दी मात्रै राख्नसक्ने क्षमता भए पनि क्षमताभन्दा झन्डै तेब्बर सङ्ख्या भएपछि बसाइँको कुशल व्यवस्थापन हुन नसक्दा बिरामी बढेको कारागारका वरिष्ठ स्वास्थ्यकर्मी शोभेन्द्र ठाकुरले स्वीकार गर्नुभयो ।
कारागारमा स्वास्थ्योपचारका लागि आउने रकम कारागारको क्षमताको हाराहारीलाई आधार बनाएर आउने गरेकाले क्षमताभन्दा झन्डै तेब्बर सङ्ख्याका कैदीबन्दीको उपचारमा खर्चको समेत अभाव हुने गरेको वरिष्ठ स्वास्थ्यकर्मी ठाकुरले बताउनुभयो । कारागारमा दुइटा धारा र दुइटा शौचालयमात्र रहेकाले आफूहरूलाई निकै अप्ठ्यारो परेको बताउँदै कैदीबन्दीले धारा र शौचालयको सङ्ख्या बढाइदिनुपर्ने माग गरेका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




